होमपेज / प्रबिधि
काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुककाे कम्पनीकाे नयाँ नाम मेटा (Meta) हुने भएकाे छ । कम्पनीका सीईओ मार्क जुकरबर्गले गएराति यसबारे घाेषणा गरेका छन् ।
सामाजिक सञ्जालभन्दा बाहिर भर्चुअल रियालिटी जस्ता क्षेत्रमा आफ्नो पहुँच व्यापक बनाउने भएकाले नयाँ नामले राम्रोसँग समेट्न सक्ने कम्पनीले बताएको छ । कम्पनीकाे कनेक्ट इभेन्टमा मार्कले भने, 'हामीले एक यस्ताे कम्पनी तयार गरेका छाैँ, जसले प्रविधिलाई मानिसहरूसम्म लैजान्छ । मानिसहरूमा प्रविधिकाे पहुँच बढाउने र यसमार्फत ठूलाे अर्थतन्त्र खडा गर्ने हाम्राे प्रयास जारी रहने छ ।
फेसबुकका पूर्व कर्मचारी फ्रान्सेस हौगेनले कम्पनीले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।