ट्रेण्डिङ

होमपेज / प्रबिधि

नेपाली बजारमा आयो भिभो ‘भी १९’ 

नेपालगाथा २०७७ असार १८ गते बिहीबार १२:३९:०३ मा प्रकाशित

काठमाडौं । मोवाइल कम्पनी भिभोले नेपाली बजारमा ‘भी १९’ मोवाईल ल्याएको छ । बुधबार सार्वजनिक गरिएको नयाँ मोवाईलमा ३२ प्लस आठ मेगापिक्सेलको सुपर वाइड एंगल डुअल फ्रन्ट क्यामेरा, ६.४४ इञ्चको सुपर एमोलेड फूल एचडी प्लस डिस्प्ले र अल्ट्रा ओ स्क्रीन डिजाइन रहेको छ ।

जसमा प्रयोग भएको एआई प्रविधिले स्वचालित रुपमा वाइड एंगलको फोर ग्राउण्ड तथा ब्याक ग्राउण्डलाई मिलाएर उत्कृष्ट फोटो निकाल्छ । यसका साथै फोनको अगाडि पट्टी राखिएको क्यामेरा मार्फत अल्ट्रा स्टेवल सेल्फी भिडियो समेत लिन सकिन्छ ।

भिभो भी १९ को पछाडिपट्टी चार वटा क्यामेरा (क्वाड क्यामेरा) रहेको छ । जसमा ४८ मेगापिक्सेलको मूख्यक्यामेरा, आठ मेगापिक्सेलको सुपर वाइड–एंगलक्यामेरा, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र दुई मेगापिक्सेलकै बुके क्यामेरा रहेको छ ।

फ्रन्ट क्यामेरामा जस्तै यसमापनि अल्ट्रा स्टेवल भिडियो सिस्टम छ । एआई ईमेज र भिडियो फिचर रहेको फोनमा एआई भिडियो फिल्टर, एआई भिडियो एडिटर र व्यावसायिकता सहज फोटो एडिटिङका लागि एआई ईमेज म्याटिङ प्रविधि रहेको छ । 

फोनको अगाडि र पछाडि दुवै तर्फको क्यामेरामा नाइट फोटोग्राफीका लागि स्पेसल मोड उपलब्ध छ । अगाडिको क्यामेरामा लेयरमा आधारित ब्युटिफिकेशन, स्पेसल मार्जिन डी–न्वाइज र मल्टिपल एक्स्पोजर सहतिको सुपर नाइट सेल्फीमोड रहेको छ ।

जसले प्रयोगकर्तालाई आफैल चाहेअनुसार ब्याकग्राउण्ड परिवर्तन नगरी स्पष्ट र सुन्दर सेल्फीलिन सकिनेछ । त्यस्तै पछाडिपट्टी मल्टिफ्रेम स्क्रिनिङ, टेम्पोरल अलाइनमेन्ट र स्पेसल मार्जिन डी–न्वाइजयुक्त सुपर नाइट प्रोट्रेट मोडमार्फत रातको समयमा प्रयोगकर्ताले उच्च गुणस्तरिय फोटो खिच्न सक्नेछन् ।
यसमा ४५ सय एमएएचक्षमताको ब्याट्री छ । ग्लिमब्ल्याक र स्लिक सिल्भर रंगहरुमा उपलब्ध भी १९ को मूल्य नेपाली बजारमा ४९ हजार ९ सय ९९ रुपैयाँमा तोकिएको छ ।  सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

Top