ट्रेण्डिङ

होमपेज / प्रबिधि

गृह मन्त्रालयको एसएमएस सर्भिस ह्याक

नेपालगाथा २०७७ असार ४ गते बिहीबार १२:३२:१० मा प्रकाशित


काठमाडौं । गृह मन्त्रायलको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवा ह्याक भएको छ । उक्त सेवामा अनधिकृत व्यक्तिले पुहँच पु¥याएका छन् । बुधबार गृहको एसएमएस सेवाबाट अनधिकृत रुपमा भारत–चीन सीमा विवादबारे एसएमएस प्रवाह भएको हो ।
मन्त्रालयका एक अधिकारीका अनुसार यो एसएमएस मन्त्रालयका सबै कर्मचारीलाई गएको थियो । ‘हाम्रो नियमित सूचना एमओएचए नामबाट म्यासेज पठाएर प्रवाह गरिन्छ’, ती अधिकारीले भने, ‘त्यसैमा भारतको पक्षमा एसएमएस आएको छ ।’
मन्त्रालयका सह–सचिव एवं प्रवक्ता केदारनाथ शर्माले बुधबार दिउँसो करिब दुई बजे मन्त्रालयको एसएमएस प्रणालीमा ह्याकरले अनधिकृत रुपमा पहुँच पु¥याएको बताए । उनले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेषण नभएका पनि स्पष्ट पारे ।
उनले भनेका छन्, ‘यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान कार्य सुरु गरिएको छ । उक्त सूचनाको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top