ट्रेण्डिङ

होमपेज / प्रबिधि

जुकरबर्गको आलोचना गर्ने फेसबुकका कर्मचारी बर्खास्त

नेपालगाथा २०७७ जेठ ३२ गते आइतबार १८:३८:२० मा प्रकाशित

एजेन्सी । जुकरबर्गको आलोचना गर्ने फेसबुकका कर्मचारीलाई बर्खास्त गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आक्षेपयुक्त तथा विवादास्पद टिप्पणीका विरुद्ध कदम नचालेको भनेर सिइओ मार्क जुकरबर्गको आलोचना गर्ने एकजना कर्मचारीलाई फेसबुकले बर्खास्त गरेको छ ।

फेसबुकमा युजर इन्टरफेस इन्जिनियरको रुपमा कार्यरत ब्रान्डन डेइलले आफूलाई फेसबुकले बर्खास्त गरेको ट्वीटरमार्फत जानकारी गराएका छन् । अमेरिकामा रङ्गभेद विरुद्ध चलिरहेको ‘ब्लाक लाइभ्स म्याटर’ आन्दोलनको समर्थनमा विज्ञप्ति जारी गर्न जुकरबर्गले अस्वीकार गरेको भनि डेइलले सार्वजनिक रुपमा जुकरबर्गको आलोचना गरेका थिए ।

साथै, उनले अन्य ६ जना इन्जिनिर सहित दर्जन बढी कर्मचारीहरुसँग मिलेर कार्यालयमा आफ्नो काम बहिष्कार गर्नुका साथै रंगभेद विरोधी आन्दोलनका बारेमा ट्रम्पले व्यक्त गरेका गलत धारणाहरुको खण्डन गर्ने काम नगरेको भन्दै ट्वीटरमा विरोध जनाएका थिए ।

जुन २ मा उनले ट्वीटरमा लेखेका छन्, ‘नियतवस रुपमा कुनै विज्ञप्ति जारी नगर्नुमा वास्तवमा राजनीतिक कारण छ ।’ शुक्रबार उनले उक्त ट्वीटमा अभिव्यक्त आफ्नो धारणामा आफू दृढ रहेको बताएका थिए ।

फेसबुक कम्पनीले डेइलको बर्खास्तीको पुष्टि गरेको भएपनि त्यसको कारणका बारेमा खुलाएको छैन । तर डेइलसँगै लागेर आन्दोलन गर्ने अन्य कर्मचारीमाथि भने कुनै कारवाही नहुने फेसबुकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top