ट्रेण्डिङ

होमपेज / प्रबिधि

सामसुङले सस्तो स्मार्टफोन निकाल्दै

नेपालगाथा २०७७ जेठ ३१ गते शनिबार १८:४२:५३ मा प्रकाशित

काठमाडौँ । सामसुङले सबै भन्दा सस्तो स्मार्टफोन निकाल्ने भएको छ । सामसुङले गत डिसेम्बरमा आफ्नो इन्ट्री लेभल स्मार्टफोन ग्यालेक्सी ए ०१ ब्जारमा ल्याएको थियो । यो फोन सामसुङको ए सिरिजको फोनमध्ये सबैभन्दा सस्तो फोन हो र लोकप्रिय समेत बनिरहेको छ ।

अब चाहीँ सामसुङले आफ्नो ग्यालेक्सी ए ०१ लाई अझै सस्तो तथा नयाँ भर्सनमा पेश गर्दैछ । समाचार अनुसार सामसुङले ग्यालेक्सी ए ०१ को नयाँ संस्करण उत्पादनको तयारी गरिरहेको छ । यो फोन विद्यमान ए ०१ भन्दा सस्तो मात्र हुनेछैन यसको ब्याट्री समेत निकाल्न सकिने खालको हुनेछ । स्मरण रहोस् हाल बजारमा आइरहेका नयाँ नयाँ मोडलका स्मार्टफोनहरुमा रिमुभेवल ब्याट्री फिचर निकै दुर्लभ बनेको छ ।

सामसुङको उक्त नयाँ फोनको नाम ग्यालेक्सी ए ०१ इ हुनसक्ने बताइउको छ । यस नयाँ फोनका विषयमा बेन्चमार्किङ प्लाटफर्म गिकबेन्चले विभिन्न तथ्यहरु सार्वजनिक गरेको छ । गिकबेन्चका अनुसार क्ः(ब्ण्ज्ञघँ मोडेल नम्बरमा आउने ग्यालेक्सी ए ०१ इ मा क्वाडकोर प्रोसेसर हुनेछ । साथै यसमा ३ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहनेछ ।
एन्ड्रोइड १० अपरेटिङ सिस्टमका साथ आउने उक्त फोनमा १ गिगाबाइट र्याम रहनेछ । यसमा मुख्य क्यामराको हकमा ग्यालेक्सी ए ०१ म जस्तै डुअल सेटअप तथा ५ मेगापिक्सेलको सेल्फी क्यामरा हुनसक्ने बताइएको छ । 
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top