ट्रेण्डिङ

होमपेज / प्रबिधि

अब फेसबुकबाट ५० बढीलाई भिडियो कल गर्न मिल्ने

नेपालगाथा २०७७ बैशाख १४ गते आइतबार ०८:१३:०५ मा प्रकाशित

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्बन्धी नयाँ सेवा सुरु गर्ने भएको छ । अहिले भइरहेको भिडियो कल सम्बन्धी सेवालाई सुधार गरी थप र फरक विषेशता सहितको सेवा दिन लागिएको फेसबुकले जनाएको छ ।

‘म्यासेन्जर रुम’ नाम दिइएको उक्त सेवा मार्फत एकै पटकमा ५० भन्दा बढी मानिसले कुराकानी गर्न मिल्ने जनाइएको छ । सामूहिक भिडियो कुराकानी, बैठक तथा अन्तरक्रिया गर्न सकिने गरी म्यासेन्जर रुम बनाइएको छ । म्यासेन्जर रुम भिडियो कुराकानीका लागि कुनै समय सीमा तोकिएको छैन ।
सामूहिक भिडियो कुराकानीका लागि कुनै एक व्यक्तिले फेसबुकमा म्यासेन्जर रुम बनाएर अन्य व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सक्नेछ । निमन्त्रणा गर्दा फेसबुक आईडी नभएको व्यक्तिलाई पनि गर्न सकिने कम्पनीको भनाइ छ ।

नियमन्त्रणा दिएको व्यक्तिलाई भिडियो कुराकानीमा सहभागी भएका सबै जनाबारे थाहा हुने र र चाहेको व्यक्तिलाई हटाउन पनि मिल्ने गराइएको छ । कम्पनीका अनुसार फेसबुक एपको दायाँतर्फ म्यासेन्जर रुमको लिंक राखिनेछ ।

भिडियो कुराकानीमा सुरक्षा र गोपनीयताको पूर्ण सुनिश्चितता गरिएको पनि फेसबुकले दाबी गरेको छ । उक्त सेवा केही देशमा यसै सातादेखि सुचारु गरिनेछ । र अन्य देशमा बिस्तारै खुला गर्ने फेसबुकले जानकारी दिएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top