होमपेज / प्रबिधि
सुर्खेत । सुर्खेतका युवा वैज्ञानिकहरुले स्यानिटाइज गर्ने मेशिन निर्माण गरेका छन् । पुरै शरीर स्यानिटाइज गर्ने अत्याधुनिक मेशिन (स्यानिटाइजर गेट) निर्माण गरी वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
सुर्खेत निवासी युवा बैज्ञानिक श्याम कुमार विष्ट (साइन्स फिजिक्स), राजेन्द्र विष्ट (वायो केमिस्ट) ले सोलार जडित अत्याधुनिक वाक थ्रो स्यानिटाइजर गेट निर्माण गरेका हुन । साथै उनीहरुले नेपालमैं पहिलो पटक यस किसिमको मेशिन बनाएको समेत बताएका छन् ।
स्यानिटाइजर गेड हस्तान्तरण गरे संगै नगरपालिकाको ढोका भित्र प्रवेश गर्दा मेसिनमा रहेको सेन्सरले मोटर स्टार्ट गर्दछ र सोलारको सहायताले ट्याङ्कीमा रहेको केमिकल वास्विकरण विधिबाट व्यक्तिलाई पूर्ण रुपमा सेनिटाईज गराउन सकिने निर्माणकर्ता विष्टको भनाई छ ।
शनिबार नगरपालिका मैं पुगेर उप प्रमुख मोहनमाया ढकाललाई उनीहरुले मेशिन हस्तान्तरण गरिएको हो । हस्तान्तरण पछि उप–प्रमुख ढकालले यो अत्याधुनिक मेशीन कोरोना रोगको संक्रमणलाई नियन्त्रण र रोकथाममा निकै उपयोगी हुने विश्वास व्यक्त गरिन ।