होमपेज / प्रबिधि

दुई सातादेखि लिमी सञ्चार बिहिन

नेपाल गाथा २०७६ कार्तिक २१ गते बिहीबार १५:००:३१ मा प्रकाशित

हुम्ला । टेलिफोन र इन्टरनेटले काम नगरेपछि नाम्खा गाउँपालिकाको लिमी सञ्चारबिहिन भएको छ । स्थानीय तिल, हल्जी र जाङ्ग गाउँमा रहेका भिस्याट टेलिफोन लाइनका मेशिनहरूले काम गरेको र घाम नलागेर सोलार चार्ज नभएपछि वल्र्डलिंकले जोडेको नेटले समेत काम नगरेपछि दुई सातायता सञ्चार सम्पर्क बिहिन भएको नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
उत्तरी छिमेकी चीनसँग सीमा जोडिएको लिमीका तीनवटै गाउँ सम्पर्क बिहिन भएपछि अहिले त्यहाँका स्थानीय बासिन्दाहरू गाउँबाट बारिहको सम्पर्कबाट अलग भएका हुन् ।

सूचना तथा सञ्चार मन्त्रालयको सहयेगमा वडा र विद्यालयमा दुई महिनाअघि जोडेको वल्र्डलिंकको इन्टरनेटले समेत काम नगरेपछि घरबाहिर रहेका आफन्तसँग कुनै सम्पर्क गर्न नसकिएको अध्यक्ष तामाङले बताए । उनका अनुसार कुनै खबर गर्नु परे चीनको ताक्लाकोट वा एक दिनको पैदलको बाटो काटेर गाउँपालिकाको केन्द्र याल्बाङ पुग्नुपर्ने बाध्यता अहिले लिमिबासीलाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top