होमपेज / प्रबिधि
सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले टेक्नोलोजिले नीति निमार्णमा सहयाेग गर्ने भएकाले ब्यवसायिक रुपमा अघि वढाउनु पर्ने बताउनु भएको छ । शनिबार वीरेन्द्रनगरमा कम्प्युटर एसोशियशन नेपाल माहासंघ जिल्ला शाखा सुर्खेतको सातौँ वार्षिक साधारण तथा पाचौँ अधिवेशन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीलेयस्तो बताउनु भएको हो ।
२१ औ शताब्दिमा ब्यक्ति तथा संस्थागतरुपमा बिज्ञान प्रबिधि अनिवार्य बनेकाले यसको वृद्धि र विकास गर्नु पर्नेमा मन्त्री भण्डारीले जाेड दिनुभयाे । कर्णाली प्रदेश सरकारले उद्योग दर्ता गर्ने नयाँ नीति ल्याउन आवश्यक भएको उद्योग वाणिज्य संघ सुर्खेतका धनबहादुर रावतले बताउनुभयो । उद्योग दर्ता गर्न खोज्दा करोडौको रुपैया घुस दिनु पर्ने बाध्यात्मक परिस्थितिलार्इ राेक्नका लागि भए पनि कर्णाली प्रदेश सरकारले छिट्टै नै उद्योग दर्ता गर्ने प्रविधिमैत्री नीति ल्याउनु पर्ने अध्यक्ष रावतको भनाई रहेको छ ।