होमपेज / प्रबिधि

भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर भूकम्पको धक्का

नेपाल गाथा २०७६ असार २१ गते शनिबार १६:५२:५३ मा प्रकाशित

काठमाडौं । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए । उनले सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताए । 

भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ । भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top