ट्रेण्डिङ

होमपेज / प्रबिधि

हाम्रो सर्भिस सेन्टरको सर्भिस शुरु (फाेटाे फिचर)

नेपालगाथा २०७६ जेठ २९ गते बुधबार २१:२८:०३ मा प्रकाशित

सुर्खेत । मोबाइल सम्बन्धीका सम्पूर्ण सेवा दिने उद्देश्यले वीरेन्द्रनगरको बीच बजारमा हाम्रो सर्भिस सेन्टरले सेवा शुरु गरेको छ । बुधबारदेखि औपचारिक रुपमा शुरुवात भएको पसलमा नयाँ मोबाइल पाइनुका साथै पुराना मोबाइल मर्मत पनि गरिने जनाइएको छ । उपभोक्तालाई जेनुन पार्टस उपलब्ध गराई गुणस्तरीय सेवा दिने उद्देश्य रहेको सञ्चालक कृष्ण चन्दले जानकारी दिनुभयो ।


वीरेन्द्रनगरको मुटुमा रहेको बजारमा धेरै मोबाइल पसल भए पनि उपभोक्ताले गुणस्तरीय सेवा पाउन नसकेको महसुस गर्दै हाम्रो सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालकले बताएका छन् । हाम्रो सर्भिस सेन्टरका सञ्चालक केदार भुसालले सर्भिस सेन्टर मोबाइल क्षेत्रकै ४ जना साथीहरु मिलेर खोलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी यहाँ जति पनि सँगै मिलेर काम गरेका छौँ, हामी सबै फरक फरक मोबाईल कम्पनीमा काम गरेर यो व्यवसाय शुरु गरेका हौं ।’


सञ्चालकका अनुसार उपभोक्ताले बजारमा आएका जुनसुकै मोबाइलका लागि ढुक्कसँग आफूहरुकहाँ आएर कारोबार गर्न सक्नेछन् । पश्चिम नेपालमा नै मोबाइलका लागि उच्चस्तरको मेशिन ल्याएर सेवा दिइरहेको सञ्चालक केदार भुसालले बताउनुभयो ।
मोबाइल मानिसको अत्याआवश्यक साधनका रुपमा विकास भइ सकेको छ । सञ्चारको विकासका लागि मोबाइल पछिल्लो आधुनिक वस्तु पनि हो । यस्ता पसलहरु दिनप्रतिदिन बढिरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top