होमपेज / प्रबिधि

हिल्सामा वर्डलिंक

हिल्साबासी वर्डलिंकलिंक सेवाबाट सामाजिक संजालमा जोडिने

नेपाल गाथा २०७६ जेठ २२ गते बुधबार १८:५०:३४ मा प्रकाशित

हुम्ला । कर्णाली प्रदेशकाे उत्तरतर्फ चीनको सीमा क्षेत्रमा वर्डलिंकले ईन्टरनेट सेवा संचालनमा ल्याएकाे छ। हुम्ला जिल्लाकाे उत्तरतर्फकाे नाम्खा गाउँपालिकाकाे वडा नं. ६ नारालेखमा वर्डलिंकले ईन्टरनेट सेवा पुर्याएकाे हाे । याे सेवा पुगेसँगै सूचनाको प्रबिधिमा नेपाल दुरसञ्चार प्राधिकरण र वर्डलिंक कम्युनिकेशनले नयाँ रेकर्ड कायम गरेको छ ।

जिल्लाकै उच्च भूभाग ४ हजार ६ सय ५० मिटर उचाईमा रहेको हिल्सा नाकामा ईन्टरनेटको टावर स्थापना गरिएको वर्डलिंकका कर्णाली परियाेजना प्रवन्धक राजेन्द्र बिष्टले नेपालगाथालार्इ जानकारी दिनुभयो । बिष्टले गर्दा स्थानीय बासिन्दाका साथै पर्यटकहरुलार्इ सेवा पुग्ने बताउनुभयाे ।

नेपालको उच्च हिमाली जिल्ला भनेर चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिका अन्तर्गत समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटरको उचाइँमा टावर निर्माण गरेर ईन्टरनेट सेवालाई हिल्सा नाकासम्म पुराउन सफल भएको छ । याे सेवा अब नेपालको अन्तिम गाउँ लिमी जान थोरै मात्र बाँकी रहेको छ ।

‘भारतीय तीर्थयात्री पर्यटकहरुले मानसरोबर यात्रा गर्दा इन्टरनेट सेवाबाट कम्मुनिकेशन गर्नसक्ने भएका छन् । इन्टरनेट सेवाबाट हुम्लाका सबै गाउँपालिकामा सेवा  विस्तार भइसकेकाे छ । अब हुम्लाका हिल्साबासी पनि वर्डलिंक सेवाबाट सामाजिक संजालमा जोडिने भएका छन्।

जिल्लाको उत्तरी हिल्सामा हिउँदको महिनामा परेको भारी हिउँ अझै सम्म नपग्लिएको क्षेत्रमा यो सेवा संचालनमा आएको छ । एक हप्ताको प्रयास पछि इचीनको सिमा क्षेत्रमा वल्र्डलिंक सेवा संचालनमा आएको हो ।

नाम्खा गाउँपालिकाको अन्य वडा, गाउँपालिका कार्यालय र स्वास्थ्य संस्थाहरुमा समेत याे सेवा जडान गर्न करिब ३ हप्ता लाग्ने बिष्टले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top