होमपेज / प्रबिधि
काठमाण्डाै । धादिङको कुम्पुर आसपास केन्द्रबिन्दु भएर ५.० म्याग्निच्यूडको भूकम्प गएको छ । दिउँसो २ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पकाे धक्का काठमाण्डाैलगायतका आसपासका क्षेत्रमा पनि महसुस भएकाे केन्द्रले जनाएकाे छ । यो भूकम्प २०७२ सालको भूकम्पकै परकम्प भएको पनि केन्द्रले जनाएको छ ।