होमपेज / प्रबिधि
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन विमानस्थलमा ट्याक्सी-वे करिब २ घण्टा बढी अडि्कएको छ । दिउँसो पार्किङबाट ह्याङ्गरमा लाने क्रममा विमान तान्ने गाडी (टो भेहिकल बार) बिग्रिएपछि करिब एक घण्टा विमानस्थलको सेवा प्रभावित भएको विमानस्थल स्रोतले बतायो । करिब १२ बजेदेखि २ बजेसम्म विमानस्थलको सेवा प्रभावित भएको हो ।
‘ट्याक्सी वेमै विमान अड्किएपछि करिब एक घण्टा विमानस्थलको सेवा प्रभावित बन्यो,’ विमानस्थलका एक अधिकारीले भने । ट्याक्सी-वे विमानस्थलको पार्किङमा जाने-आउने बाटो हो । ट्याक्सी-वे विमान अडि्कएपछि विमानस्थलमा उडान-अवतरण रोकिन पुगेको थियो ।