होमपेज / प्रबिधि
सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले विज्ञान र प्रविधिले समृद्धि ल्याउने बताउनुभएकाे छ । यही फागुन २४ गतेदेखि २८ गतेसम्म कर्णााली प्रदेशकाे राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालन भएको क्यान इन्फोटेक मेलाकाे समापन कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताउनु भएको हो ।
इन्फोटेकले ज्ञानकाे मनोरञ्जन दिने भएकोले सबैले यस्ता इन्फोटेकहरु अवलोकन गर्नु पर्ने बताउँदै मन्त्री भण्डारीले, ‘विज्ञानले गरेका नयाँ आविश्कारहरुलार्इ अब कर्णाली प्रदेशमा विज्ञान र प्रविधिका माध्यमबाट समृद्धि ल्याउनुपर्ने बताउनुभयाे । कसैले प्रविधि सम्बन्धि नयाँ आविश्कार गर्छ भन्ने सच्चा राष्ट्रियता त्यही झल्किने बताउँदै मन्त्री भण्डारीले यस पटकको इन्फोटेकबाट अनुभव बटुल्दै आगामी दिनमा अझैँ भव्य तरिकाले इन्फोटेकको आयोजना गर्न आयोजकलाई सल्लाह दिनुभयाे। साथै मन्त्री भण्डारीले क्यान इन्फोटेक मेला डिजिटल कर्णाली निर्माणका लागि कोशेढुङ्गा सावित बताउनुभयाे।
.jpg)
पाँच दिनसम्म संचालन भएको उक्त इन्फोटेकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, पर्यटन मन्त्री नन्दसिं बुढा, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलगायत उच्च अाेहदाका कर्मचारी तथा व्यक्तिहरुले अवलोकन गरेका थिए । अवलोकनको क्रममा सुर्खेतमा संचालन भएको यस इन्फोटेकले प्रविधिको विकासका लागि निकै महत्वपूर्ण योगदान पु¥याएको र आउँदा दिनहरुमा समेत यस्ता इन्फोटेकहरु संचालन हुनु पर्ने अवलाेकनकर्ताहरुले जाेड दिएका थिए ।
समापन कार्यक्रममा बोल्दै क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले, ‘कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री लगायत धेरै महानुभावहरु प्रविधिमैत्री भएकोले पनि क्यान इन्फोटेक सफल पार्न हौसला मिलेको बताउनुभयाे ।’ प्रविधिको विकास नगरेसम्म अरु विकासमा पछि परिन्छ भन्ने मुख्यमन्त्रीको विश्लेषणलाई आत्मसाथ गरेर अगाडि बढ्छौ भने कर्णाली प्रदेश सरकार अन्य प्रदेशकाे तुलनामा अघि बढ्नेमा अधिकारीले जाेड दिनुभयाे ।
आइएमइपे मुख्य प्रयोजक रहेको उक्त इन्फोटेकमा भिष्टा सिसिटिभीले एशोसियट प्रयोजन गरेको थियो भने अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्सले गरेको थियो । मेला भित्र आईसिटी कन्फ्रेन्स, आईटी वर्कसपहरु डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार, कर्णाली प्रदेशमै पहिलो पटक अनलाइन पब–जी गेम जस्ता कार्यक्रमहरु सञ्चालन भएका थिए ।
.jpg)
सूचना प्रविधिको बृहत प्रदर्शनी, प्रत्येक दिन आईटी सेमिनार, लक्की ड्र बाट पाँच जनालाई रारा भिजिटका लागि गोलाप्रथा समेत गरेको छ । कम्प्युटर ल्यापटप र प्रिन्टर फ्रि सर्भिस क्याम्प, टाईपिङ्ग कम्पीटिसन, नेपाली वैज्ञानिकहरुद्वारा निर्मित रोबर्र्ट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, दृष्टिविहिनहरुलाई कम्प्युटर मोवाईल चलाउन सिकाईएको थियो भने सेवा तथा सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था, अनलाईन टिकेटिङमा निःशुल्क टिकटको व्यवस्था र हरेक दिन १० जनालाई एनपिएभी एन्टिभाईरस सित्तैमा प्रदान गरेको आयोजकले जनाएको छ ।
समापन कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धन बहादुर रावत, उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष कविराज खत्री, क्यानका कानूनी सल्लाहकार दुर्गा सापकोटा, क्यान सुर्खेतका संस्थापक अध्यक्ष राम किशोर रावललगायतले आफ्ना भनाईहरु राख्नु भएको थियो । कर्णाली प्रदेशमै पहिलो पटक रोबर्र्ट ल्याइएको थियो भने सुर्खेतका विद्यार्थीहरुले बनाएको रोबर्ट समेत प्रदर्शनिमा राखिएको थियो । इन्फोटेक स्थलमा रोबर्र्ट हेर्नेहरुको भीड लागेको थियो । इन्फोटेक ३५ हजार बढि दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।