ट्रेण्डिङ

होमपेज / प्रबिधि

‘क्यान इन्फोटेक मेला मात्र होइन ज्ञान आर्जन गर्ने विद्यालय पनि हो ।’- मुख्यमन्त्री शाही

नेपालगाथा २०७५ फाल्गुण २७ गते सोमबार १४:३६:२५ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले क्यान इन्फोटेक मेला मात्र नभएर ज्ञान आर्जन गर्ने विद्यालय पनि भएकाे बताउनु भएकाे छ । सुर्खेतको वीरेन्द्रनगरमा संचालन भइरहेको कर्णाली प्रदेश स्तरीय क्यान इन्फोटेक २०१९ को अवलोकन गर्दै मुख्य मन्त्री शाहीले यस्ताे बताउनुभएकाे हाे । 

मेलाकाे अवलाेकन गर्दै मुख्य मन्त्री शाहीले कर्णाली प्रदेशका सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी मेलाकाे अवलोकन गर्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले भन्नुभयो, ‘प्रविधि भनेको के हो भन्ने बारेमा सबैलाई बुझाउन आवश्यक छ ।’ पूर्वसूचना दिने लगायत शिक्षा र स्वास्थ्यमा प्रविधिको प्रयोग गर्न नसकिए अन्य क्षेत्रमा सफल हुन नसक्ने बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘युवाहरु प्रविधिको क्षेत्रमा जति अगाडि बढिरहेका छन् अरु पनि सँगसँगै अघि बढ्न अावश्यक छ ।

यसैबीच क्यान इन्फोटेकको अवलोकन गर्दै वीरेन्दनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले क्यानले गरेको कार्य सुर्खेती जनताका लागि समेत आवश्यक भएको बताउनु भयो । इन्फोटेकलाई नगरपालिकाको तर्फबाट गर्नुपर्ने आर्थिक सहयोगका साथै नैतिक सहयोगका लागि समेत तयार भएको बताउनु भयो ।

अन्य मेला महोत्सवमा दर्शकलाई मेलामा दर्शकलाई भिड भएर लाठी चार्ज गर्दै हटाउनु पर्ने अवस्था हुन्छ तर यो मेलामा त दर्शकलाई जाउ भन्नुपर्ने कुरा बताउँदै नगर प्रमुख सुवेदीले केवल मनोरञ्जन भन्दा पनि शिक्षामुलक यस्ता प्रदर्शनीहरुको आवश्यक रहेको औल्याउनुभयो ।

इन्फोटेकमा आजै ‘समृद्ध नेपालको लागि डिजिटल कर्णाली’ विषयक वक्तृत्वकला प्रतियोगितामा कृष्ण संस्कृत मावि इत्रामका ह्दयेन्द्रजंग शाही प्रथम, सेन्ट मेरिज को एड बोडिङ्गका चन्द्रा खत्री द्वितीय, साउथ एसियन स्कलर्स एकेडेमीका आयुध पन्त तृतीय र छिन्चु इङ्गिस मिडियम स्कुल छिन्चुका प्रकाश केसी चतुर्थ भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top