होमपेज / प्रबिधि

क्यान इन्फोटेकमा व्यवसायी उत्साही

नेपाल गाथा २०७५ फाल्गुण २६ गते आइतबार ११:३०:५२ मा प्रकाशित

सुर्खेत । कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघ शाखा सुर्खेतको आयोजनामा फागुन २४ देखि शुरु भएको कर्णाली प्रदेश स्तरीय क्यान इन्फोटेकमा दर्शककाे अागमनले व्यवसायी उत्साही भएका छन् । इन्फोटेकमा कुनै पनि सामान खरिद गर्दा ५ देखि ५० प्रतिशतसम्मम छुट दिइएकोले पनि व्यापार उत्साहजनक रुपमा संचालन भइरहेकाे छ । यसैगरी अनलाइन टिकेटिङ्गमा निःशुल्क प्रवेशको व्यवस्था मिलाएकाले पनि दर्शकहरुको बाक्लो उपस्थिति रहेको इन्फोटेकका संयोजक प्रेम प्रकाश चन्दले बताउनुभयो ।

इन्फोटेकमा ५ वाटबाट संचालन मिनी कम्प्यूटर, स्मार्टबोर्ड, विभिन्न ब्राण्डका ल्यापटप, १ हजार १ सय भिएको सोलार इन्भटरबाट ४० जना विद्यार्थीहरुले एकै पटक कम्प्यूटर पढाउन सकिने, विद्यालय, व्यापारी तथा सहकारीका सफ्टवेयरहरुमा २० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था, कुनै पनि ब्राण्डका पुराना सिसिटिभी क्यामरा एक्सचेन्जमा भिष्टाका सिसिटिभी क्यामराहरुमा २० प्रतिशत छुट, १०० जना ग्राहकका सिसिटिभी क्यामराहरु फ्रि सर्भिस, आइएमइ पे का विभिन्न सेवा सुविधाहरु भएकोले पनि दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकको भनाई छ । सेक्यूरिटी सिस्टमहरु, मोवाइल, मोाटोपन घटाउन तथा बढाउन विभिन्न इलेक्ट्रिक बेल्ट, सिधै धारामा जोड्न सकिने वाटर फिल्टर तथा अन्य इलेक्टोनिक्स समानहरुको समेत प्रदर्शनी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top