ट्रेण्डिङ

होमपेज / प्रबिधि

रेडियो युनिभर्सिटी एफएमको परिक्षण प्रसारण सुरु

नेपालगाथा २०७५ फाल्गुण १० गते शुक्रबार १८:४८:३४ मा प्रकाशित

सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा संचालित रेडियो युनिभर्सिटी एफएम ९५ दशमलव ९ मेगाहर्जको परीक्षण प्रसारण सुरु गरिएकाे छ । विश्वविद्यालयका रजिष्ट्रार यमबहादुर कार्कीले शुक्रबार वीरेन्द्रनगर,सुर्खेत स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा स्थापना गरिएको अस्थायी प्राविधिक कक्षमा अपरान्ह ४ बजे राष्ट्रिय गीतमा क्लिक गरेर परीक्षण प्रसारण शुभारम्भ गर्नुभएको हो ।

५ सय वाट क्षमता रहेको सो रेडियोको स्टुडियो निर्माण पश्चात् विधिवत रुपमा उद्घाटन गरी विभिन्न कार्यक्रमहरु उत्पादनसँगै नियमित प्रसारणलाई जोड्ने बताइएको छ | विश्वविद्यालयले संचालन गर्ने शैक्षिक प्राज्ञिक गतिविधिका साथै पत्रकारिता तथा लोकवार्ता विज्ञान लगायतका विषयमा प्रयोगात्मक शिक्षण गर्न र निकट भविष्यमा दूरशिक्षालाई समेत संचालन गर्न रेडियो सहयोगीसिद्ध हुने विश्वास लिइएको छ ।

रेडियो स्थापनाको जिम्मा पाएको एक प्रालिका तर्फबाट रेडियो नेपालका अवकाश प्राप्त प्राविधिक अधिकृत मुरारी थापाले प्राविधिक नेतृत्व गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top