होमपेज / प्रबिधि
सुर्खेत । प्रादेशिक रुपमा रेडियो, एफ.एम. तथा टेलिभिजन सञ्चालन ऐनको मस्यौदा सम्बन्धी छलफल भएको छ । शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशसभा सदस्यहरु, पत्रकारहरु तथा अन्य सम्बन्धीत निकायका व्याक्तिहरुका बिच छलफल सम्पन्न भएको हो । छलफल कार्यक्रममा कर्णाली प्रदेश सरकारका नयाँ बन्ने सञ्चार सम्बन्धी नीति नियमका बारेमा छलफल गरिएको थियो ।
छलफल कार्यक्रममा बोल्दै संविधान विध तथा काठमाडौँ विश्वविद्यालयका डिन विपिन अधिकारीले कर्णाली प्रदेशले प्रदेश राजधानी नाम सजिलै राख्न सफल भएकाले ऐन कानुन निमार्ण गर्ने काममा पनि प्रथम प्रदेश हुने बताए । उनले संख्यामा बढी भएपनि कर्णालीबाट सञ्चार सम्बन्धी उल्लेखनिय प्रगती हुन नसकेको बताए ।
देशको अहित हुने खालको सञ्चारको कानुन बनाउन नहुने भन्दै संविधान विध अधिकारीले सञ्चार सम्बन्धी ऐन कानुन निमार्ण गर्ने क्रममा विदेशी लगानिलाई निउत्साही बनाउनुपर्ने बताए ।
कर्णाली सञ्चार माध्यामलाई उपयोगी बनाउन सकिने भन्दै अधिकारीले ऐन कानुन बनाउदा विषयगत रुपमा छुट्याएर विधागत रुपमा विकास गनुपर्ने बताए ।
कार्यक्रममा सुर्खेत स्थित विभिन्न सञ्चार माध्याममा आवद्धले कर्णाली प्रदेशमा सञ्चार माध्यामका चुनौतिहरुको बारेमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्दै कर्णाली प्रदेश प्रदेश सभा सदस्य शुशिल थापाले संघीयताको नयाँ अभ्यासमा भएकाले निती नियम बनाउनु भन्दा यस्ता खालका छलफलहरु जरुरी भएको बताए । सम्भावनै सम्भावनाको प्रदेशमा सम्भावनै सम्भावना भएका रेडियो, एफ.एम. टेलिभिजन खोल्नुपर्ने तथा राज्यले महसुस गर्ने खालको कानुन बनाउने बताए ।
काठमाडाैँ विश्वविद्यालय स्कुल अफ ल काे अायाेजनामा भएकाे कार्यक्रमकाे सुन्दर नेपाल संस्था सुर्खेतले सहजिकारण गरेकाे थियाे ।