होमपेज / प्रबिधि
प्रतिमा परियार, सुर्खेत । निजि क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिङ्क कम्युनिकेशनले आफ्नो सेवालाई हुम्लाको सिमिकोट सम्म पुर्याएको छ । दुई वर्षसम्मको लागि संस्थागत रुपमा निशुल्क १ एमबीपीएस क्षमताको इन्टरनेट सेवा दिने भनेको वर्डलिङ्कले हुम्लाको सिमिकोट गाउँपालिका सम्म विस्तार गरेको हो ।
हुम्लामा यस अघि नेपाल टेलिकम बाहेक अरु कुनै पनि कम्पनिले आफ्नो इन्टरनेट सेवा विस्तार गर्र सकेको थिएन । पहिलो पटक सुर्खेतबाट रेडियो प्रविधि मार्फत आफ्नो सेवा सुचारु गर्न सफल भएको वर्डलिङ्क कम्युनिकेशनका प्राविधिक व्यवस्थापक राजेन्द्र बिष्टले जानकारी दिए ।
सिमिकोट गाउँपालिकाको ४१ सय मिटरको डाँडामा टावर निमार्ण गरेर सेवा सुरु गरेको बिष्टले जानकारी दिए । गत हप्ता मात्रै डोल्पाको जग्दुल्ला गाउँपालिकामा सेवा सुचारु गरे संगै वर्डलिङ्कले कर्णाली प्रदेशका सबै जिल्लाहरुमा आफ्नो सेवा प्रदान गर्ने पहिलो कम्पनि बनेको छ ।