होमपेज / प्रबिधि
अजय मिश्र, कपिलबस्तु । नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यलय बुटवल मताहत रहेका सम्पूर्ण वितरण शाखा कार्यलयहरुबाट अति बिपन्न लक्षित वर्ग तथा संस्कृतिक महत्वका सम्पदाहरुमा नि:शुल्क मिटर जडान गर्ने देखिएको छ।
क्षेत्रीय कार्यलय बुटवलले आर्थिक वर्ष ७५/७६मा लाईन वितरण र नि:शुल्क मिटर जडान कार्यक्रमका लागि पाँच करोड बजेट समेत छुट्याको छ, साथै उक्त कार्यक्रमको लाभ उठाउन नगरपालिकाको सिफारिस चाहिने छ।
नेपाल बिद्युत प्राधिकरणको कृष्णनगर कार्यलयको स्थानिय बुद्धजीवी,समाजसेबी,लगायतले यस्तो कार्यक्रम आउनु भनेको समाज मा पछाडिएको जनता र अति बिपन्न को घरमा मिटर जडान भई घर र भबिष्य उज्यालो पर्ने काम सरहनीय छ।
साथै उक्त कार्यक्रमको बारेमा ने.बि.प्र.वि.शाखा कृष्णनगरका प्रमुख लक्ष्मीकेशर अगञ्जा ले जनाएका छन्।