होमपेज / कला / साहित्य
ओइ ! कि , छि हाल खबर ? भन्दै घरछेउमा भाडामा बसेर पान पसल थापेको नत्थुलाललाई पान लगाउन अर्डर गरें ।
सादा कि जर्दावाल हुजुुर ? उसले सोध्यो
तँलाई आजसम्म थाहा छैन , म सादा खान्छु कि जर्दा ?
अरे हाँ ! बिर्सीहाल्छु हुजुर । आर्को कुरा कहिले कहिले मेरो मुड पनि चेञ्ज भैहाल्छ ?
बिर्सन्छस् तैंले मोरा ! हाम्रो वरिपरिको सारा नालबेली थाहा पाउने तँ जस्तो धूर्तले !
तो, त हो हुजुर !, तैपनि कहिले कहिले हुजुरको मुड चेञ्ज भएको छ कि भनेर ? भन्दै पानको पातमा सूर्की ( चुन) लगाउन थाल्यो ।
म हुजुरलाई एउटा कुरा भनूँ
के हो भन् ?
आजबाट त मेरो आशै मर्यो हुजुर !
के आश गरेको थिस् ?
अरु के हुनु हजुर, कतै नागरिकता मिलिहाल्छ कि भन्ने आश थियो ? त्यो पनि गयो । अँध्यारो अनुहार लगाउँदै भन्यो ।
कति बर्ष भयो तँ आएको ? पोहर, परार साल आषाढतिर आएको जस्तो लाग्थ्यो ?
दु ´बर्ष जति हुन थाल्यो । तपाईको नयाँ प्रधानमन्तरी बन्ने र म आउने साल, महिना एउटै थियो हुजुर ।
ए ! तँलाई दुई बर्ष नपुग्दै नागरिकता ? कम्तिमा पनि तँ जस्तालाई पन्ध्र, बीस बर्ष कुर्नु पर्छ, पर्खिनु पर्छ, अनि बल्ल अंगिकृत हुने नागरिक हुन्छस् । आएको दुई बर्षमै तँलाई नागरिकता ! ?
ए ! तँलाई दुई बर्ष नपुग्दै नागरिकता ? कम्तिमा पनि तँ जस्तालाई पन्ध्र, बीस बर्ष कुर्नु पर्छ, पर्खिनु पर्छ, अनि बल्ल अंगिकृत हुने नागरिक हुन्छस् । आएको दुई बर्षमै तँलाई नागरिकता ! ?
आउन त हामी हाम्रो बाउ, बाजेदेखि नै आवत जावत गरेको हो । म भन्दा पहिलेको कति मान्छीले पाइसक्यो । यहाँ गाउँ गाउँमा नागरिकता बाड्ने बेला आउनै सकिएन । अहिले आएको त झन् तपाईंको राष्ट्रपतिले रोकिदिएछन् ।
कस्तो बदमास रहिछन् ! ।आईमाई भएर पनि कत्ति दया माया नभएको ? बहुत बदमास छिन् रे !, आफ्नो अडान जस्तो सुकै परिस्थितिमा छोड्दिनन् रे ! हाम्रो राजेनदर बाबूले भनेको । मन्तरी, प्रदानमनतरीले पनि भनेको नमान्ने !
त्यस्तो बानले त हामी जस्तो सोझो मान्छीलाई त बहुत घाटो भैहाल्छ । भन्दै पानको पात बेटर्न थाल्यो । अलिकति चुन, एउटा ल्वाङ र दुई टुक्रा सुपारी अलग्गै बाँध्यो।
ए ! भैया ! तेरो पहिलेको घर कहाँ हो ? भनेर सोधें ।
हुजुर पनि कस्तो मान्छी? हामी मनुष्यको जहाँ बस्यो त्यहीँ घर । अमेरिका, जापान, रुस, कोरिया कुवेत, दुबइ, मलेसिया, कतार, थाइलैण्ड, भारत र नेपाल लगायत विश्वभरिका करिब दुसौ चार होकी पाँच देशमा ? बसेका सबै मान्छीहरु हाम्रै दाजुभाइ त हो बसुधैबकुटुम्बकम् हो हुजुर पृथबीको पनि कहीँ रेखा हुन्छ र ? भन्दै उदार भावना भएको भाव प्रकट ग-यो । हुजुर पनि अजीबको मान्छी भन्दै आफूले खाएको पानको रस पिच्च भूईँमा थुक्यो ।
राष्ट्रपतिले आफ्नो, देश जनता र संविधानको रक्षाको लागि गरेको काम, नराम्रो भयो ? जसलाई स्वाद लाग्यो त्यसैलाई, जहिले स्वादलाई त्यसैलाई चिनीको कुप्पन बाँडे जस्तो बाड्ने कुप्पन हो नागरिकता ? फेरि अतिविशिष्ट, ब्यक्ति, विश्व चर्चित ब्यक्तिलाई नागरिकता दिनसकिने भनेकैछ । तँ जस्ता आउँदा भाँडा साट्न आउने, बस्ता ज्वाइँ भएर बस्नेलाई नागरिकता चाहियो हाम्रो देशको ? भन्दै अलि कडा स्वरमा बोलें ।
राष्ट्रपतिले आफ्नो, देश जनता र संविधानको रक्षाको लागि गरेको काम, नराम्रो भयो ? जसलाई स्वाद लाग्यो त्यसैलाई, जहिले स्वादलाई त्यसैलाई चिनीको कुप्पन बाँडे जस्तो बाड्ने कुप्पन हो नागरिकता ? फेरि अतिविशिष्ट, ब्यक्ति, विश्व चर्चित ब्यक्तिलाई नागरिकता दिनसकिने भनेकैछ ।तँ जस्ता आउँदा भाँडा साट्न आउने, बस्ता ज्वाइँ भएर बस्नेलाई नागरिकता चाहियो हाम्रो देशको ? भन्दै अलि कडा स्वरमा बोलें ।
त्यो त हो कि हुजुर !,जुवाइँ भएर मात्रै कति बस्ने ? हामी त्यसै जुवाइँ बन्दैन नि हुजुर ! हुजुरहरुको चेलीबेटी नै घर-घर ,बजार ,बजारमा कतिपय बाउ-आमाले नै, कति जानपहिचानको छिमेकीका साथ लागेर पठाउँछन् । तब न तपाईं ,हाम्रो रोटी बेटीको संबन्ध गाढा भैहाल्छ भन्दै मुखमा सिन्को हालेर दाँतमा अडकिएको सुर्ती र सुपारीको टुक्रा निकाल्दै हातको अौलाको सहायताले फ्याट्ट फाल्यो ।
काम गर्न गएका हाम्रा दाजुभाइ, तैंले भने जस्तै गरि लगिएका हाम्रा दिदी बहिनीलाई जादैका दिन, वा एकदुई बर्षमै तिमीहरुको देशमा नागरिकता दिएका छौ । जिन्दगी भरी काम गरेर हड्डी खियाउँदा एउटा राशन कार्ड बनाइदिन्नौ , तिमीहरुलाई आउने बितिक्कै नागरिकता चाहियो है ! ?
तपाईंको देशमा राशन कार्डको ब्यवस्थै छैन नतरी त्यो पनि लिई हाल्थ्यो भनेर अलि हेपेर बोल्यो । किन बनाउने हामीले राशन कार्ड ? अनावश्यक खर्च । बुझिस् ! हाम्रा नेताले त्यस्ता अनावश्यक खर्च त गुपचुपमै ,नदेखाएरै कोही जनताले थाहा नपाउँदै लुकाइदिन्छन् । बडा बात करते हो भनेर कडकेरै भनें ।
तपाईंको देशमा राशन कार्डको ब्यवस्थै छैन नतरी त्यो पनि लिई हाल्थ्यो भनेर अलि हेपेर बोल्यो । किन बनाउने हामीले राशन कार्ड ? अनावश्यक खर्च । बुझिस् ! हाम्रा नेताले त्यस्ता अनावश्यक खर्च त गुपचुपमै ,नदेखाएरै कोही जनताले थाहा नपाउँदै लुकाइदिन्छन् । बडा बात करते हो भनेर कडकेरै भनें ।
हुजुर पनि नरिसाउनु न । हाम्रो विचारमा नागरिकता बनिलियो भने हामी पनि वडाध्यक्ष, त्यसपछि प्रदेश सभा, त्यसपछि संघको सांसद बनेर यो देशकै राष्ट्र नेता बन्ने विचार छ ।
हुजुर पनि नरिसाउनु न । हाम्रो विचारमा नागरिकता बनिलियो भने हामी पनि वडाध्यक्ष, त्यसपछि प्रदेश सभा, त्यसपछि संघको सांसद बनेर यो देशकै राष्ट्र नेता बन्ने विचार छ ।
त्यसपछि तो कहिले कर्म घर, कहिले जन्मघर, कहिले यता कहिले उता बस्ने ब्यवस्था मिलीहाल्थ्यो ।अनि तो तपाईं हामी एउटै परिवार ,एउटै दाजुभाइ कि कसो हुजुर ? तपाईंको राष्ट्रपतिले नागरिकता विधेयक अडकाई दिए पछि तो बहुत घाटो लाग्यो ।
नतरी तो तपाईं- म, म - तपाईं बनी हाल्थ्यौं भन्दै मैले अर्डर गरेको पान र थप अघि पोको पारेर राखेको चुन, ल्वाङ र सुपारीको टुक्रा दियो । पान मुखमा कोचें । कत्था अलि बढी हाले छ क्यारे ! मोराले ,तैपनि जिब्रोमा रातो बढेकोमा मख्ख पर्दै रंगशाला तर्फ फुटबल खेल हेर्न लागें ।
अस्तु ।