ट्रेण्डिङ

होमपेज / कला / साहित्य

नजर सकियो

धिरेन अनुपम

नेपालगाथा २०७८ भाद्र १३ गते आइतबार ०९:२७:५३ मा प्रकाशित

आशाको दियो निभ्यो बिश्वासको भर सकियो ।
तिमीसँगको प्रेम सम्बन्ध पनि भर्खर सकियो ।।


यी आँखाले तिमीलाई हेर्न छोडेको दिन सोच्नु ।
आँखाको ज्योति गुम्यो उसको हेर्ने नजर सकियो ।।


आफ्नाहरु भए पो रहन्छ आफ्नो अस्तित्व ।
नदी सुक्यो अस्तित्वमा बसेको बगर सकियो ।।


बाँच्नु पर्ने आफ्नै लागि रहेछ बुझायो दुनियाँले ।
तिखारिने निहुँमा रेतिको संगतले खन्जर सकियो ।।


बिझ्नेहरु थाहै नदिई चस्स बिझेर जाँदारहेछन् ।
बिझेको काँडा झिकियो दुख्ने असर सकियो ।।


सुर्खेत

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top