होमपेज / कला / साहित्य
जन्मिन नपाउँदैको मुनालाई आमासँगै निमोठिस् ।
दूधे बालकको दूधको काख खोसिस् ।।
ए निष्ठूरी आज तैले यो के गरिस् ।।।
एक छोरीको आमाको काख खोसिस् ।
बर्षदिनमा आमा सम्झेर माइतीजाने चेलीको आश खोसिस् ।।
ए निष्ठूरी आज तैले यो के गरिस् ।।।
एक बाबुको बुढेसकालको साहारा खोसिस् ।
बुढेसकालमा आमाको काख खोसिस् ।।
ए निष्ठूरी आज तैले यो के गरिस् ।।।
खोसिस् पतिको काख खोसिस् ।
खोसिस् पत्निको साथ खोसिस् ।।
ए निष्ठूरी आज तैले यो के गरिस् ।।।
आमाको काखमा लुटुपुटु गर्ने छोराछोरी खोसिस् ।
खोसिस् बाबुको आड, भरोसा र हिम्मत खोसिस् ।।
ए निष्ठूरी आज तैले यो के गरिस् ।।।
मानिसलाई घरभित्र बन्दी बनाएर पालै पालो तड्पाई तड्पाई आहारा बनाइस् ।
मानव जातिलाई पीडा, यातना र छट्पाटाइको बन्दी बनाइस् ।।
ए निष्ठूरी आज तैले यो के गरिस् ।।।
छोरा छोरी, आमा बुबाको चित्कार सुनिस् ।
तलाईं पुगेन ! कतिको घर उजाड्नु छ अझै, कतिलाई छ रुवाउनु ।।
ए तँ आज मानव जातीमाथि कति बन्दैछस् निष्ठूरी ।।।
स्वयम्भू, काठमाडाैं