होमपेज / कला / साहित्य
"के माया लाग्छ र ! उधुमै लाग्छ नि !" आज त चौध फ्याउरी हो क्या, चौध फ्याउरी । ´भालेटङ्गयाइन डे´। मजाले मनाउने है बुढा ? भन्दै श्रीमतीज्यूको आगमन बैठक कोठामा भयो । मान्छेले कस्ता-कस्ता उपहार ल्याएर दिन्छन् । मेरा बुढालाई केही मतलब छैन है ? यी `लेमन टी´ लिनू" भन्दै मेरो छेउमा बसिन्।
जानी नजानी किन अङ्ग्रेजी भाषा बोल्नु परेको होला ? बोले पनि अलि शुद्ध उच्चारण गरेर बोले हुन्थ्यो । कुनचाहिँले आफ्नो भाषाको बीच- बीचमा अङ्ग्रेजी शब्द घुसाएर बोल्यो भने `ठूलो मान्छे ´भन्छन् भनेर सुनाइदिएछ! त्यसैदिनदेखि जानी नजानी भएपनि अङ्ग्रेजी शब्द घुसेकै छ ! सही उच्चारण गर्न पनि आउने होइन। सुनेकै भरमा फरर छ है ? आफ्नै मातृभाषा बोले पनि ... , यत्ति के भनेको थिएँ ,अँ!तिमीले भने भट्टीमा बसेर सनक्क रक्सी तानेर नपढेकी भट्टीवालनीसंग अङ्ग्रेजी बोल्न भने हुने, मलाई भने सही उच्चारण । तिम्रो पनि अघि-पछि नफुर्ने अङ्ग्रेजी, खाएपछि त खुबै फुर्छ नि? भनेर मेरो भाषा मोह र अभिव्यक्तिलाई छरपस्ट पार्न थालिन ।
फयाउरी हैन क्या ! `फेब्रुअरी ´हो। भाले टङ्गाइन होइन,भ्यालेन्टाइन डे हो। यो कसले मनाउँछन्, किन मनाउँछन् थाहा छ ? लौ ! कुरा सुन। इटालीमा क्लाउडिअस-२ भन्ने सम्राट थिए । कुनै समयमा उनले आफ्नो राज्यमा नागरिक विवाहमा प्रतिबन्ध लगाएछन् । उनको यस किसिमको कदमको विरोध भयो, त्यसैक्रममा मायागर्न पाउनु पर्ने र विवाह गर्न पाउनेका पक्षमा एकजना पादरीले विरोध र विद्रोहको नेतृत्व गरे । ती पादरीको नाम भ्यालेनटाइन थियो । सम्राटलाई विद्रोह मन परेन ।त्यसैले उनले भ्यालेनटाइनलाई बन्दी बनाएर जेल हालेछन् ।
जेल भित्रै पादरीले त्यही कार्यरत पुलिसकी छोरीलाई प्रेम गरेका रहेछन् । मृत्यु अगाडि पादरीले जेलजीवन भित्रैबाट आफ्नी प्रेमिकालाई लेखेको चिठीमा "तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट" भनेर आफ्ना कुरा लेखेका रहेछन् ।त्यही सम्बोधनलाई सम्झदै पश्चिमा तरुना-तरुनी,छोट्टे,छोट्टी (lover)हरुले मात्रै मनाउने गर्ने गर्दथे । तिम्रो, मेरो यस्तो माया प्रेम भएकालाई किन चाहियो भ्यालेनटाइन डे ? भन्दै श्रीमतीको चाउरी परेका गालामा मायालुपाराले प्याट्ट हिर्काएँ ।
जेल भित्रै पादरीले त्यही कार्यरत पुलिसकी छोरीलाई प्रेम गरेका रहेछन् । मृत्यु अगाडि पादरीले जेलजीवन भित्रैबाट आफ्नी प्रेमिकालाई लेखेको चिठीमा "तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट" भनेर आफ्ना कुरा लेखेका रहेछन् ।त्यही सम्बोधनलाई सम्झदै पश्चिमा तरुना-तरुनी,छोट्टे,छोट्टी (lover)हरुले मात्रै मनाउने गर्ने गर्दथे । तिम्रो, मेरो यस्तो माया प्रेम भएकालाई किन चाहियो भ्यालेनटाइन डे ? भन्दै श्रीमतीको चाउरी परेका गालामा मायालुपाराले प्याट्ट हिर्काएँ ।
हुनत हो, तर पनि छोरा-छोरी, साथी-संगीले पनि खुबै रहर गरेको जस्तो मान्छु । भरखर-भरखर तरुना तरुनी भएका, हुनलागेका छोरा-छोरीहरुले दशैं भन्दा पनि ठूलो चाड जस्तो पो गर्छन् ! बिहानै गोदावरी फूलको माला र गुलाबको फूल लिएर समकक्षी साथीहरूसंग गोदावरी जंगलमा पिननिक जाने भनेर छोराछोरी पिकनिक हिंडीसके । मलाई समेत बालाई ह्विस गर्न नभुल्नु भन्दैथिए ।" ह्विस् होइन, `उइस्´ गर्नू भनेहोलान् ? यो जानी नजानी किन अङ्ग्रेजी बोल्नु परेकोहोला? अर्थ बुझ्नु छैन त्यसै ताईँझ्याईँ । विवाह गरेको समयताका आफूलाई पनि चिरीच्याँट्ट पर्नु पर्ने समयमा कालो भएपनि दाह्री खौरनु पर्ने, ब्लेड लिएर आऊ भनेको , बेल्ट बोकेर आउने त तिमी हौ, भन्दै मुसुक्क मुस्कुराएँ ।
के गरूँ त ? हाम्रो जमाना पढ्नेबेला छोरी भनेका अर्कैको दाइजो हो ।अर्का घर जाने जात, छोरीले पढेर के काम छ ? भनेर बा-आमा सहित समाजले नै त्यस्तो भन्थ्यो ।तैपनि बाबू-आमासंग झगडा गरेर आठ कक्षा सम्म पुगेकी थिएँ । । आफूलाई पनि अङ्ग्रेजी ,म्याथ जस्ता बिषय पनि अफ्ठेरो लाग्ने । ती बिषय पढाउने शिक्षक देख्दा समेत पनि रिस उठ्ने ।
के गरूँ त ? हाम्रो जमाना पढ्नेबेला छोरी भनेका अर्कैको दाइजो हो ।अर्का घर जाने जात, छोरीले पढेर के काम छ ? भनेर बा-आमा सहित समाजले नै त्यस्तो भन्थ्यो ।तैपनि बाबू-आमासंग झगडा गरेर आठ कक्षा सम्म पुगेकी थिएँ । । आफूलाई पनि अङ्ग्रेजी ,म्याथ जस्ता बिषय पनि अफ्ठेरो लाग्ने । ती बिषय पढाउने शिक्षक देख्दा समेत पनि रिस उठ्ने ।
ती बिषय पढाइ हुँदा हुँदै `सर पानी खान जान्छु´ भनेर कक्षाबाटै कतिपटक भागें ,भागें । त्यहीबेला तिम्रा आँखा पनि म माथि नै परेछन् । त्यसैले आफूलाई पनि, त्यहीबेला`मायै लाउँला, मायै खाउँला,मायाकै घरबार´ भन्ने जस्तो लाग्यो । अहिले आएर छोरा-छोरीले फरर अङ्ग्रेजी बोलेको सुन्दा लोभ लागेर आउँछ । कहिलेकाहीं छोरीले सिकाउने कोशिश गर्छिन् । सुनेकै भरमा बोल्ने हो ,तैपनि कहिले `मिस्टेरिक´भइजान्छ, भनेर आफ्नो दु:खेसो पोखिन् ।` मेस्टेरिक´ हैन,मिस्टेक´ भन्नू भनेर संझाएँ। जे भएपनि त्यै हो, बिना हाडको जिब्रो लरखर- लरखर भइहाल्छ । त्यसैलाई लिएर तीललाई पहाड बनाउनुपर्ने ? भनेर ढुसुक्क परिन् ।
माया नै धर्म हो। माया नै शक्ति हो, अनि माया नै शान्ति हो । त्यसैले मायालाई कायम राख्न कुनै विशेष दिन नभनेर दिनदिनै मनाए पनि हुन्छ । पुराणदेखि कुरानसम्म, पौराणिक गाथादेखि पाश्चात्य कथासम्म, शिवकीपार्वती देखि कृष्णकी राधासम्म, चिलिम उडाउने देखि फिलिममा उडाउने सम्म, संयोगान्त भएका र दु:खान्त भएका प्रेम कथाहरु सुनाएँ ।
हामी बुढा-बुढीको माया पनि गजबको छ है ? एकछिन नदेख्दा पनि कता गएछन् ? भनेर खोज्दै हिड्ने, भेट्यो कि एकछिनमा फस्याङ (झगडा) परेर डिभोर्सै होला जस्तो हुने है ? भनेर मुसुक्क मुस्कुराईन । ओ ! हो !! मैले त कपालमा मेहन्दी लगाउने भनेर भिजाएर राखेकी थिएँ ,`भाले टङ्गाइन डे ´का दिन राम्री हुने भनेर ।
हामी बुढा-बुढीको माया पनि गजबको छ है ? एकछिन नदेख्दा पनि कता गएछन् ? भनेर खोज्दै हिड्ने, भेट्यो कि एकछिनमा फस्याङ (झगडा) परेर डिभोर्सै होला जस्तो हुने है ? भनेर मुसुक्क मुस्कुराईन । ओ ! हो !! मैले त कपालमा मेहन्दी लगाउने भनेर भिजाएर राखेकी थिएँ ,`भाले टङ्गाइन डे ´का दिन राम्री हुने भनेर । तपाईं बजार गएर दाल,चामल,फलफूल माछा मासु , काजु, बदाम,छोयला कचिला म.म . भुटेको तारेको ,चिकन,मटन बफ सहित उपहार लिएर आउनुहोस् । भनेर कडा उर्दी जारी गरिन । मलाई भने साँच्चिकै भ्यालेनटाइन डे हो कि? भाले टङ्गाइन डे हो ? भनेर खुल्दुली बढ्न थाल्यो । आजलाई यत्ति ।
खोपीराम लम्साल