ट्रेण्डिङ

होमपेज / सम्पादकीय

नेपालगाथा डटकम : हाम्रो आगमन किन ?

नेपालगाथा २०७३ मंसिर १८ गते शनिबार १४:५३:१५ मा प्रकाशित

नेपाल गाथा ।  विकसित मुलुकले अनलाइन पत्रकारितालाई उच्च महत्व दिएका छन् । ती मुलुकले यससम्बन्धी कानूनको व्यवस्थासमेत गरेका छन् । विकसित मुलुकहरु सूचना प्रविधिसँगै अघि बढेका छन् ।

विश्वको पहिलो अत्याधुनिक अनलाइन पत्रिकाको रूपमा अमेरिकाको शिकागो ट्रिव्युनलाई लिइन्छ । यो सन् १९९२ मा इन्टरनेटमा प्रकाशित भएको थियो । यसपछि नै आधुनिक अनलाइन पत्रकारिताको शुरुवात भएको मानिन्छ ।

अहिले लाखौंको संख्यामा राष्ट्रिय अन्तराष्ट्रिय अनलाइन न्युज पोर्टल र विभिन्न सञ्चार माध्यमका अनलाइन संस्करण हेर्न, सुन्न र पढ्न सकिन्छ ।

अहिले अनलाइन पत्रकारिता दुई किसिमले विकास भएको पाइन्छ, एक खालको अनलाइल पत्रकारितामा विभिन्न अन्य आमसञ्चार माध्यमका (रेडियो, टिभी, अखबार) का प्रकाशन÷प्रशारण भइसकेका समाचार र अन्य सामग्रीहरू इन्टरनेटमा राख्ने गरिन्छ । अर्को स्वतन्त्ररूपमा खोलिएका अनलाइन पत्रिकामा आफैंले खोजेर ल्याएको समाचार र समग्री राखिन्छ । हामी स्वतन्त्ररुपमा खोलिएको अनलाइन अन्तर्गत स्थापित भएका हौं । 

नेपालमा ढिलै भए पनि सूचना तथा सञ्चार प्रविधि अनलाइन पत्रकारिता र इ–बैंकिङ आदिको विकास क्रमिकरूपमा बढ्दै गएको छ । विश्वमा लामो समयदेखि इन्टरनेटको प्रयोग भए पनि नेपालमा सन् १९८९ मा पहिलो पटक वल्र्डभ्यू नेपाल र नेपाल वातावरण पत्रकार समूहले इन्टरनेटको प्रयोग गरेको पाइन्छ ।

नेपालभित्रबाट भने अनलाइन पत्रकारिताको प्रारम्भ मर्कन्टाइलले सन् १९९५ मा साउथ–एसिया डट कममार्फत मर्कन्टाइलले कान्तिपुर पब्लिकेशन हाउसको अंग्रेजी दैनिक दि काठमाडौं पोस्टलाई आफ्नो साइटमा राखेर अनलाइन पत्रकारिताको प्रारम्भ गरेको थियो । 

नेपालको सन्दर्भमा अनलाइन पत्रकारिताको महत्व र जटिलता दुवै छ । नेपाल जस्तो अशिक्षित र भौगोलिक विकटताका कारण यसको विस्तार तथा वितरणमा कठिनाइ अवश्य पनि रहेको छ ।   तर पनि अहिले अधिकांश नेपालीको हातमा मोबाइल र इन्टरनेट सुविधा आधारभूत आवश्यकता जस्तै भएका छन् । समाचार र सूचनाका लागि साइट खोल्न जोसुकैले पनि पाउने र यस्ता साइट खोल्दा पैसा तिरिरहन नपर्ने हुँदा अनलाइन पत्रकारिताको माग दिनप्रतिदिन बढिरहेको छ ।

अनलाइनमा जो कोहीले सजिलै सामग्री सम्प्रेषण गरिदिने र सबैको सहज पहुँच हुने सक्ने भएकाले पनि यसको लोकप्रियता दिनप्रतिदिन बढिरहेको छ । यसका साथै पाठकलाई सही सूचना सम्प्रेषण गर्नु अनलाइन पत्रकारिताको चुनौतीका रुपमा देखा परेको छ । पत्रकारिताका सिद्धान्तहरु सत्यता, सन्तुलन र विश्वसनीयता अनलाइन पत्रकारिताका चुनौतीहरु हुन् ।

किनभने बजार अस्वस्थ छ । छिटो र हतारमा समाचार पस्कने अस्वस्थ प्रतिस्पर्धामा नेपाली पत्रकारिता चुकेको छ । यो अवस्था अनलाइनमा पनि नभएको होइन । यसमा हामी सजग र सचेत छौं ।

-त्रिभुवन बि.सी. 
सम्पादक 
नेपालगाथा डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

Top