होमपेज / समाज
हुम्ला । हुम्ला जिल्लाकाे अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, आवश्यक सहायक सामग्रीका लागि नापजाँच तथा छाला रोग सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएाकाे छ । उक्त शिबर जेष्ठ १२ गते खार्पुनाथ गाउँपालिका स्वास्थ्य केन्द्रमा तथा जेष्ठ १३ गते अदानचुली गाउँपालिकाको स्वास्थ्य केन्द्रमा सम्पन्न भयो।
जेष्ठ १३ गते खार्पुनाथ गाउँपालिकामा एक उद्घाटन सत्र गरी चेकजाँच कार्यक्रमको सुरुवात गरिएको थियो।उक्त उद्घाटन सत्र गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल को अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्ञान बहादुर सिंह, सामाजिक विकास संयोजक चन्द्र रावल, वडा नं. ५ का वडा अध्यक्ष भरत जंग शाही, प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, खडक परियार, योजना शाखा प्रमुख दीपक बहादुर शाही, लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी आई एन एफको तर्फबाट कुष्ठरोग विज्ञ उदयनाथ योगी, परियोजना अधिकृत लोक प्रसाद गौतम, फिजियोथेरापिस्ट सुदीप बि.सी., अर्थोसिस तथा प्रोस्थेसिस प्राविधिक आम बहादुर घर्ती, सामुदायिक विकास सहजकर्ता जोल बहादुर बुढा लगायतको सहभागिता रहेको थियो ।उक्त उद्घाटन सत्रको सञ्चालन जनस्वास्थ्य अधिकृत हरिभक्त शाहीले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल तथा उपाध्यक्ष ज्ञान बहादुर सिंहले संयुक्त रूपमा ब्यानर वाचन गरी गर्नुभएको थियो ।कार्यक्रमको औचित्य तथा कार्यक्रमको परिचय परियोजना अधिकृत लोक प्रसाद गौतम तथा कुष्ठरोग विज्ञ उदयनाथ योगीले प्रस्तुत गर्नुभएको थियो । साथै गाउँपालिकासँगको सहकार्य र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।उद्घाटन सत्र अध्यक्षबाट समापन भएपछि स्वास्थ्य परीक्षण तथा उपचार सेवा सञ्चालन गरिएको थियो।
उक्त शिविरबाट जम्मा १०२ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको थियो, जसमा ५७ जना महिला , ३५जना पुरुष र १० जना बालबालिका रहनु भएको थियो। जस अन्तर्गत छाला रोग जांच तथा उपचार सम्बन्धि ५५ जना, अपाङ्गता पहिचान सम्बन्धि १७ जना तथा अन्य उपचार सम्बन्धि ३० जनाले सेवा प्राप्त गर्नु भएको थियो ।उक्त शिबिरबाट ४ जनालाई पुनर्स्थापना सेवाको लागि प्रेषण गरिएको थियो।
जेठ १३ गते अदानचुली गाउँपालिका, श्रीनगर स्वास्थ्य चौकीको प्राङ्गण कार्यक्रमको उद्घाटन सत्र गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया(सुधार) को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका वडा अध्यक्ष डिल बहादुर फडेरा-वाड नं. ३, नन्द महतारा, वाड नं. २ प्रमुख प्रशासकीय अधिकृत प्रदिप भण्डारी, डा. माधब रावत, स्वास्थ्य शाखा प्रमुख बिनोद बुढा, स्वास्थ्य चौकी प्रमुख हर्कधन भण्डारी, प्रेम लाल जैसी, सारदा फडेरा, गीता बिष्ठ लगाएतको उपस्थिति राखेको थियो ।त्यसैगरी आई एन एफको तर्फबाट कुष्ठरोग विज्ञ उदयनाथ योगी, परियोजना अधिकृत लोक प्रसाद गौतम, फिजियोथेरापिस्ट सुदीप बि.सी., अर्थोसिस तथा प्रोस्थेसिस प्राविधिक आम बहादुर घर्ती, सामुदायिक विकास सहजकर्ता जोल बहादुर बुढा लगायतको सहभागिता रहेको थियो ।
उक्त उद्घाटन सत्रको सञ्चालन स्वास्थ्य शाखा प्रमुख बिनोद बुढाले गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया(सुधार) ले ब्यानर वाचन गरी गर्नुभएको थियो ।कार्यक्रमको औचित्य तथा कार्यक्रम को परिचय परियोजना अधिकृत लोक प्रसाद गौतम तथा कुष्ठरोग विज्ञ उदयनाथ योगीले प्रस्तुत गर्नुभएको थियो ।साथै गाउँपालिकासँगको सहकार्य र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।उद्घाटन सत्र कार्यक्रमका अध्यक्षबाट समापन भएपछि स्वास्थ्य परीक्षण तथा उपचार सेवा सञ्चालन गरिएको थियो।
उक्त शिविरबाट जम्मा २४३ जनालाई सेवा प्रदान गरिएको थियो।जसमा २०० जना छाला रोग र ४३ जना अपाङ्गता सम्बन्धि सेवाग्राही रहनु भएको थियो भने शिबिरबाट थप उपचार तथा पुनर्स्थापना सेवाको लागि १३ जनालाई प्रेषण गरिएको थियो ।
स्वास्थ्य शिबिर सम्पन्न भएपछी जेष्ठ १४ गते बिहान स्वास्थ्य शाखा प्रमुख बिनोद बुढाको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया(सुधार)को प्रमुख आथित्यता, स्वास्थ्य चौकी इन्चार्ज हरिचन्द्र छत्याल, अ न मि सारदा फडेरा, साईनिङ अस्पताल आई एन एफ नेपाल, सुर्खेतको तर्फबाट कुष्ठरोग विज्ञ उदयनाथ योगी, परियोजना अधिकृत लोक प्रसाद गौतम, फिजियोथेरापिस्ट सुदीप बि.सी., हे. अ. बल बिर नेपाली, पी एण्ड ओ असिस्टेन्ट आम बहादुर घर्ती, सामुदायिक विकास सहजकर्ता जोल बहादुर बुढा लगायतको सहभागितामा कार्यक्रमको समापन, समिक्षा बैठक तथा स्वास्थ्य टिमको बिदाई कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा लोक प्रसाद गौतमले शिबिरको ब्यबस्थापन, प्रचार प्रसार, सेवा प्रभावमा पुर्याउनु भएको कार्यका लागि धन्यवाद व्यक्त गर्नुका साथै आगामी आ ब २०८३/०८४ को लागि परियोजना प्रस्ताब हस्तान्तरण गर्नु भयो। प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया(सुधार)ले यो शिबिर र सम्बन्धकालागि १ बर्ष अगाडीको सपना पुराभएको बताउनु भयो र आगामी बर्षमा थप सहकार्य गर्ने विचार व्यक्त गर्नु भयो।