ट्रेण्डिङ

होमपेज / विचार

प्रेम, यौन र विवाह परम्पराबारे मार्क्सवादी दृष्टिकोण - स्त्रीपुरुष सम्बन्ध र स्वतन्त्रता 

 भरत कुमार साउद

नेपालगाथा २०८१ फाल्गुण २४ गते शनिबार २१:०३:०२ मा प्रकाशित

कोही पनि प्रेम गर्न स्वतन्त्र छैन । तिनलाई धर्मको डर छ । जातको डर छ । समाजको डर छ । परिवारको डर छ । वर्ग व्यवस्थाको डर छ । कथित कूलको डर छ । आडम्बरी खानदानी इज्जतको डर छ । डरैडर छ । यति धेरै डरका बिचमा पनि के व्यक्तिले प्रेम गर्नका लागि सद्य रहेर आँट गर्न सक्छ ? प्यार किया त डर्ना क्या भनेजस्तो फिल्मी कुराको कुनै बतासे मनोरञ्जनले पनि केवल बलिउडका छेउ न टुप्पाका कथामा बाहेक जीवनको धरातलमा कुनै अर्थ भेट्दैन ।

प्रेम के हो भन्ने दार्शनिक प्रश्न अत्यन्त वृहत्तर व्याख्याको माग गर्छ तर सामान्य किसिमले बुझ्दा वैवाहिक सम्बन्ध कायम गर्नका लागि साथीको छनोट गर्दा दुबै पक्षका बिच समानताको भावनामा आधारित परस्पर प्रेमको आवश्यकता पर्छ भन्ने कुरामा विवाद हुनु हुँदैन होला । युवा सुलभ मायाप्रिति, प्रणय वा प्रेम जे भनौँ त्यो पनि आजको समाजमा व्यक्तिले स्वतन्त्र रुपले आत्मसात गर्न पाएको छ कि छैन भनी हेर्दा अपवाद बाहेक अवस्था सकारात्मक देखिदैन । अझ प्राय समुदायमा त केटी मानिसले प्रेम गर्ने कुरा त बर्जित जस्तै छ । विद्यमान सामाजिक व्यवस्थामा हामीले देखेका प्रेम सम्बन्ध के मानिसको अन्तर्मनको स्वतन्त्र चयनमा आधारित छन् त ! प्रेम विनाको वैवाहिक सम्बन्ध वैश्य युगमा सामान्य हुन सक्ला तर सभ्य समाजका लागि त यो अनैतिक हुनुपर्ने हो । के त्यसो भएको छ त ! प्रश्नहरु विचारणीय छन् ।

आजको सामाजिक व्यवस्थामा युवायुवतीहरु प्रेम गर्न स्वतन्त्र छैनन् । कोही पनि प्रेम गर्न स्वतन्त्र छैन । तिनलाई धर्मको डर छ । जातको डर छ । समाजको डर छ । परिवारको डर छ । वर्ग व्यवस्थाको डर छ । कथित कूलको डर छ । आडम्बरी खानदानी इज्जतको डर छ । डरैडर छ । यति धेरै डरका बिचमा पनि के व्यक्तिले प्रेम गर्नका लागि सद्य रहेर आँट गर्न सक्छ ? प्यार किया त डर्ना क्या भनेजस्तो फिल्मी कुराको कुनै बतासे मनोरञ्जनले पनि केवल बलिउडका छेउ न टुप्पाका कथामा बाहेक जीवनको धरातलमा कुनै अर्थ भेट्दैन । मानौँ कुनै लैला मज्नुले प्रेम गर्ने आँट नै गरेछ रे भने पनि त्यसको परिणाम के हुन्छ हामी भलिभाँती जानकार छौँ । 

उदाहरणका लागि धेरै पर जानु पर्दैन रुकुम जाजरकोटको नवराज वि.क. सहित उनका छ जना साथीहरुको सामुहिक हत्या गरिएको घटना पुरानो भएको छैन । रुकुम जिल्लाको चौरजहारी – ८ घर भएका नवराज वि.क.ले भेरी नदी पारिपट्टि जाजरकोट जिल्ला भेरी नगरपालिका ४ की ठकुरी जातकी युवतीसित प्रेम गरेका थिए । कथित तल्लो जातका भएको र कथित उपल्लो जातकी युवतीसँग प्रेम गरेकै कारण १० जेठ २०७७ मा केटी पक्षका व्यक्तिहरुको जत्थाले बर्बर किसिमले लखेटीलखेटी ढुङ्गा तथा घरेलु हितयारले प्रहार गरी छ जनाको हत्या गरेको थियो । घटना भएको ३ वर्ष छ महिनापछि १९ मंसीर २०८० मा अदालतले २४ जनालाई जन्मकैद र २ जनालाई जातीय छुवाछुतमा सजाय गर्ने फैसला त गर्यो तर प्रेम गरेका कारण जान गुमाउनुपर्ने समाजको जंगली अनुहार भने उदाङ्गो भयो । कानुनले छुवाछुत अन्त्य गरेको र व्यक्तिको विवाह गर्ने अधिकारलाई सुरक्षित गरेको आधा शताब्दी भइसक्दा पनि समाजको अवस्था भने अझै मध्यकाली अन्धकारबाट बाहिर आउन सकेको छैन । उक्त घटनामा सबैभन्दा उदेकको कुरा त सामुहिक हत्या गर्ने जत्थामा संलग्नहरुमा तत्कालीन वडाध्यक्ष लगायत शिक्षित भनिएकाहरु थिए ।

अदालतले कानुन बमोजिम अपराधमा संलग्नहरुलाई सजाय गर्ने फैसला त गर्यो तर प्रेम गरेकै कारण ज्यान गुमाइसकेकाहरुको जीवनको क्षतिपूर्ती त केही बाट पनि हुन सक्दैनथ्यो‚ भएन । अन्तर्जातीय विवाह वा प्रेम गरेकै कारण ज्यान गुमाउने नवराज वि क पहिलो र अन्तिम भने होइनन् । नेपालमा यस्ता घटना भइ नै रहेका छन् । यहाँ कथित अछुत जातसँग अन्तर्जातीय विवाह गर्नु भनेको उपल्लो भनिएका जातका केटाहरुका लागि आफ्नो जातबाट बिटुलो‚ परिवारबाट निष्काशित र समुदायबाट अपहेलित हुन तयार हुनु हो । उपल्लो जातकी केटीसँग विवाह गर्नु भनेको त झन अछुत भनिएका जातका युवकहरुका लागि जीवन नै दाउमा लाएर प्रेमका लागि सहिद हुन तयार हुनु जस्तो अवस्था छ । विवाह गर्ने केटाकेटीले मात्र होइन उनीहरुका परिवारलाई दिइने यातना र दुखको कथा छुट्टै छ । छोराले अन्तर्जातीय विवाह गरेका कारण बाबुको हत्या गरिएका घटना पनि छन् । अन्तर्जातीय‚अन्तर्वर्गीय‚ अन्तर्धार्मिक र कतिपय सन्दर्भमा अन्तर्समुदाय प्रेम गरेका जोडीहरुलाई सकेसम्म विवाह गर्न नदिन र गरिहालेमा छुटाउन डरधम्की‚ प्रलोभन र त्यतिले पनि भएन भने शरीर बन्धक, मानव बेचबिखन, जबरजस्ती करणी,  जस्ता अनेक झुठा मुद्दा लगाएर दुःख दिने नयाँनयाँ तरिका देखा पर्न थालेका छन् ।

भारतमा लभ जिहाद विरोधी अभियानका नाममा मुसलमान केटासित प्रेम विवाह गर्ने हिन्दू युवतीको प्रेम सम्बन्ध र विवाहमाथि धावा बोलिदै छ । बाहिरबाहिर समानताका कुरा गर्ने र भित्रभित्र कूलकी छोरी‚ मूलको पानी भन्दै आफ्ना छोराछोरीको प्रेम गर्ने स्वतन्त्रताको गला रेट्ने बाबुआमाको आडम्बर पनि नयाँ पाखण्डका साथ देखा पर्न थालेको छ । हिजो भित्रभित्र लुकेर गरिने कुरा आज धार्मिक राज्य‚ जातीय÷नश्लीय पहिचान आदिका नाममा खुल्लम खुल्ला बहसमा आउन थालेको छ । अरु जात‚ धर्म‚ समुदायप्रति घृणा र आफ्नो नश्ल‚ धर्म र जातमाथि गर्व गर्ने कुरा सामान्य बन्न थालेको छ । 

हिजोआज नेपालमा प्रेम विवाहलाई बर्जित कर्म जस्तो गरी चित्रण गर्ने गरिएको छ । खासगरि हिन्दू ब्राह्मणक्षेत्री समुदायका युवतीहरुका लागि त प्रेम विवाह गर्नु सरमको कुरा जस्तो मानिएको छ । प्रेम विवाह गरेकै ब्राह्मण महिला पनि आफ्नो विवाहलाई सकभर एरेन्ज नभए पनि लभएरेन्ज भन्न पाए हुन्थ्यो जस्तो हाउभाउमा व्यक्तिगत विषयका नाउमा उल्लेख नै नगर्न खोजिरहेका देखिन्छन् । तर केटाहरुका सन्दर्भमा त्यो बर्जित छैन । उनीहरु सकभर आफ्नो बढीभन्दा बढी युवतीसँग प्रेम सम्बन्ध रहेको कुरामा गर्व गर्दछन् र भए पनि नभए पनि कथाहरु बनाइरहन्छन् । मर्दकी सात वटी भन्ने उखानमा हुर्किरहेको यस सामाजिक परिपाटीमा जति नै कानुनी समानता कायम गरिए पनि व्यवहारमा नारी र पुरुष दुबैलाई प्रेम गर्ने स्वतन्त्रता बराबर किसिमले प्राप्त हुँदैन । 

मानिसले कुनै पनि जात‚ धर्म‚ वर्ग वा समुदायका रुपमा विभेद नगरी सबै मानिसलाई मानवीय भावनाका साथ हेर्न सकेमा मात्र व्यक्ति स्वतन्त्र रूपले प्रेम गर्न सक्षम हुन्छ । आज हामीले गरेको प्रेम प्रेम नभएर केवल प्रेमको झुठो आभास मात्र हो । प्रेम गर्नुभन्दा पहिले हामी पात्रको जात हेर्छौ । कूल हेर्छौँ । धर्म हेर्छौ । धनसम्पत्ति हेर्छौ । सामाजिक हैसियत र आर्थिक औकात हेर्छौँ । शारीरिक बनोट र छालाको रङ् हेर्छौँ । यी सबै कुरा मिलेपछि प्रेम गर्छौँ भने त्यसरी गरिएको प्रेममा कहाँनेर हुन्छ भावना र विचारको स्थान ? के त्यो साच्चै प्रेम हो कि व्यावसायिक स्वार्थ मिलेका कारण भएको प्रेमको मिथ्या आभास हो ? निश्चय नै त्यो प्रेम त होइन । प्रेममा त मुख्य कुरा भावना हुनुपर्ने होइन र !  यद्यपि भावना भनेको विचार भन्दा भिन्न होइन तसर्थ प्रेम भनेको विचार नै हो । 

हिजोआज नेपालमा प्रेम विवाहलाई बर्जित कर्म जस्तो गरी चित्रण गर्ने गरिएको छ । खासगरि हिन्दू ब्राह्मणक्षेत्री समुदायका युवतीहरुका लागि त प्रेम विवाह गर्नु सरमको कुरा जस्तो मानिएको छ । प्रेम विवाह गरेकै ब्राह्मण महिला पनि आफ्नो विवाहलाई सकभर एरेन्ज नभए पनि लभएरेन्ज भन्न पाए हुन्थ्यो जस्तो हाउभाउमा व्यक्तिगत विषयका नाउमा उल्लेख नै नगर्न खोजिरहेका देखिन्छन् । तर केटाहरुका सन्दर्भमा त्यो बर्जित छैन । उनीहरु सकभर आफ्नो बढीभन्दा बढी युवतीसँग प्रेम सम्बन्ध रहेको कुरामा गर्व गर्दछन् र भए पनि नभए पनि कथाहरु बनाइरहन्छन् । मर्दकी सात वटी भन्ने उखानमा हुर्किरहेको यस सामाजिक परिपाटीमा जति नै कानुनी समानता कायम गरिए पनि व्यवहारमा नारी र पुरुष दुबैलाई प्रेम गर्ने स्वतन्त्रता बराबर किसिमले प्राप्त हुँदैन । 

वर्तमान समाज व्यवस्थामा पुरुष र महिलाका लागि प्रेम गर्ने अधिकार नै फरक फरक किसिमले व्यवस्था गरिएका छन् । पुरुषले प्रेम गर्नु मर्दाङ्गी, महिलाले प्रेम गरे चरित्रहीन । यस प्रकारको दोहोरो मापदण्ड यस समाजको परम्परा हो । यस प्रकारको सामाजिक व्यवस्थामा रहेको सम्पत्ति सम्बन्धले प्रेममा पार्ने प्रभावका सम्बन्धमा माक्र्सवादी दृष्टिकोण प्रस्तुत गरिएको पुस्तक हो ’प्रेम परम्परा र विद्रोहʼ । भारतीय बामपन्थी लेखक तथा कवि कात्यायनी यस पुस्तककी लेखक हुन् । नेपालीमा यसको अनुवाद माक्र्सवादी लेखक वन्दना ढकालले गरेकी छन् । समाज व्यवस्था, त्यसको आर्थिक सम्बन्ध तथा शक्ति संघर्षको विकास बारे पर्याप्त विमर्शका साथ प्रेमसम्बन्धका आयामहरुबारे विशद व्याख्या गरिएको यस पुस्तकमा तत्सम्बन्धी माक्र्सवादी कोण प्रस्तुत गरिएको छ । त्यसको समीक्षा र विश्लेषण यस लेखको अभीष्ट र सामथ्र्य दुबै होइन तथापि त्यस विषयसँग सम्बन्धित पङ्क्तिकारका दृष्टिकोण प्रस्तुत गर्ने स्वतन्त्र प्रायः (सायद?) प्रयत्न यसमा गरिएको छ ।

प्रेम, यौन र विवाह परम्परासम्बन्धी मार्क्सवादी कोणको कुरा गर्दा देहायका प्रश्नहरुको निरुपण जरुरी हुन्छ
१)    वर्तमान एकनिष्ठ विवाह परम्पराप्रति मार्क्सवादीहरुको विमति छ ? छ भने उनीहरुको यससम्बन्धी धारणा के हो र ?
२)    के मार्क्सवादीहरु यौनका सन्दर्भमा (तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ वाला)  स्वतन्त्रता्स्वच्छन्दताका पक्षधर हुन् ? विवाहेतर प्रेम सम्बन्धका बारेमा मार्क्सवादी कुरा के हो ?
३)    वास्तवमा मार्क्सवादी जीवनदृष्टि अनुसार असल प्रेम का बाधक के हुन् ? समाधान के हो ?

यसबारेमा क्रमश विमर्श गरौँ
पहिलो प्रश्नः एकनिष्ठ विवाहबारे
आज सभ्य, शिक्षित भनिएका प्राय आधुनिक समाजमा एक पुरुषले एक महिलालाई विवाह गर्ने सामाजिक र कानुनी व्यवस्था मिलाइएको देखिन्छ । झट्ट हेर्दा यो राम्रै देखिए पनि वास्तवमा यो नारीको घरेलु दासतामा आधारित छ । यसमा नारीलाई पुरुषले विवाह गर्छ, नारीले पुरुषलाई होइन । अर्थात् नारी र पुरुषको समान सहभागिता, निर्णय र अधिकारमा आधारित छैन आजको वैयक्तिक परिवार । एकनिष्ठ भनिएको आजको विवाह र परिवार केवल नारीको लागि मात्र एकनिष्ठ हो । पुरुषले त गुप्त वा खुला रुपले एकभन्दा बढी नारीसँग विवाह, प्रेम, यौन तथा परिवार कायम गर्ने सामाजिक छुट पाएको हुन्छ ।

छोरो १० बजे राति घर फर्कदा, छोरो मान्छे हो साथीभाइसँग रमाइलो गरिहाल्छ नि भन्ने तर छोरी फर्कदा ७ बज्यो भने पनि नाक काटी भन्ने परिवार र समाज कसरी एकनिष्ट विवाहमा आधारित हुनसक्छ ? पत्नी बितेको पुरुषलाई बरखी नसकिदै अर्को विवाह गर्न सुझाउने यही सामाज पति बितेकी नारीलाई सति बनाएर जिउदै जलाउने र त्यो हुन नसके आजीवन रङ्गहीन भएर बस्न बाध्य बनाउन उद्दत छ आज पनि । नेपालमा र धार्मिक कट्टरता भएका समाजमा जुन कुरा नारीका लागि अपराध ठहरिन्छ र त्यसका लागि उसलाई कठोर कानुनी तथा सामाजिक परिणामको भागी बनाइन्छ त्यही कुरा पुरुषका लागि कुनै गर्वको कुरा मानिन्छ अथवा हदै भए सानोतिनो कुनै नैतिक कलङ्क ठानिन्छ र उसले खुसीसाथ त्यो कलङ्क स्वीकार गर्दछ । पश्चिमा पुँजीवादी सम्पत्ति सम्बन्ध भएका मुलुकमा यस्तो अवस्था छैन । त्यहाँ तुलनात्मक रुपमा नारी प्रेम गर्न र विवाह गर्न स्वतन्त्र रुपले निर्णय गर्न सक्ने अवस्था त छ तर त्यसले समाधान दिनुको साटो उल्टै वेश्यावृत्तिमा धकेलेको छ र नारीको कमोडिटाइजेसन तथा अब्जेक्टिफिकेसन गरी थप समस्या सिर्जना गरेको छ । पुँजीवादी व्यवस्थाले खरिदकर्ता तथा बिक्रेता मालिक साहुको स्थानमा पुरुषलाई राखेर खरिदबिक्री हुने मालको स्थानमा नारीलाई पु¥याएको छ । माक्र्सवाद यी दुबै व्यवस्थाप्रति विमति राख्दछ । 

पतिलाई खुशी बनाउनु बाहेक स्त्रीको अरु कुनै इच्छा, चाहना, सपना र भावनाको न कुनै अर्थ थियो न त त्यसको कुनै महत्व र स्थान नै थियो । पुँजीवादी व्यवस्थामा एकनिष्ठ विवाहका लागि व्यक्ति चयन गर्ने स्वतन्त्रता त छ तर त्यो पनि समानता र प्रेममा आधारित भन्दा सम्पत्ति सम्बन्ध र आर्थिक हैसियतहरुबाट निर्धारित बन्न पुगेका छन् । हैसियतवालाले किन्ने बस्तुका रुपमा स्त्रीको शरीरलाई प्रस्तुत गर्ने बेस्यावृत्ति जस्तो कलंक समाजमा विकास भएको छ ।

हिजो सामन्ती समाज व्यवस्थामा विवाह व्यक्तिहरु बीचको प्रेममा होइन उनीहरुका बाबुआमाको रोजाइमा आधारित थियो र नेपाल जस्ता सामन्ती रुढीको चङ्गुलबाट बाहिर निस्की नसकेका पुँजीवादी स्वच्छन्दता सङ्क्रमित समाजमा आज पनि मागी विवाह इज्जत र आडम्बरको कुरा छ । प्रेम विवाह अनैतिक र चरित्रहीनताको परिचायक जस्तो मानिएको छ । सामन्ती समाजमा बिबाहपछि पतिपत्नीबिच कुनै प्रेम विकास भएको भए पनि त्यो मनोगत भावना र वैचारिक अनुभूतिको समानतामा आधारित हार्दिकताको कारण होइन कि वस्तुगत आवश्यकता र बाध्यताको कारण सिर्जित कर्तव्यमा मात्र आधारित थियो । पतिलाई खुशी बनाउनु बाहेक स्त्रीको अरु कुनै इच्छा, चाहना, सपना र भावनाको न कुनै अर्थ थियो न त त्यसको कुनै महत्व र स्थान नै थियो । पुँजीवादी व्यवस्थामा एकनिष्ठ विवाहका लागि व्यक्ति चयन गर्ने स्वतन्त्रता त छ तर त्यो पनि समानता र प्रेममा आधारित भन्दा सम्पत्ति सम्बन्ध र आर्थिक हैसियतहरुबाट निर्धारित बन्न पुगेका छन् । हैसियतवालाले किन्ने बस्तुका रुपमा स्त्रीको शरीरलाई प्रस्तुत गर्ने बेस्यावृत्ति जस्तो कलंक समाजमा विकास भएको छ ।  कुनै पनि उत्पादनका साधनमाथिको स्वामित्वका कारण कसैले किन्ने र कसैले शरीर र भावना बेच्न बाध्य हुनुपर्ने अवस्थालाई अन्त्य गर्नु आजको आजको आवश्यकता हो । माक्र्सवाद त्यसको अन्त्य उत्पादनका साधनहरुमाथिको सामूहिक स्वामित्व स्थापित गरेर मात्र गर्न सकिने कुरामा विश्वास गर्दछ ।

फेडरिक एङ्गेल्सद्वारा लिखित भनिएको राजेन्द्र मास्के अनुदित नेपाली माक्र्सवादी साहित्यमा चर्चित परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति नामक पुस्तकमा लेखिएको छ – उत्पादनका साधनहरु सामाजिक सम्पत्ति बनेपछि व्यक्तिगत परिवार सामाजिक आर्थिक एकाइ बन्न छोड्नेछ । घरेलु कामधन्दा सामाजिक उद्योगको एक क्षेत्रमा परिणत हुनेछ । केटाकेटीको पालनपोषण र शिक्षादीक्षा सार्वजनिक कार्य बन्नेछ । विवाहिता र एकल आमाबाट जन्मेका सबै बालबच्चाहरुको स्याहार सुसार समाजले एकैनासले गर्नेछ । यसप्रकारले आज जुन चिन्ताले गर्दा अविवाहिता युवलीले आफूले प्रेम गर्ने पुरुषसमक्ष स्वतन्त्रतापूर्वक आफूलाई समर्पण गर्न असमर्थ हुन्छिन् अर्थात यसको परिणाम के होला भन्ने सामाजिक, नैतिक तथा आर्थिक चिन्ता बनेको वर्तमान समाजमा महत्त्वपूर्ण बनेको हुन्छ त्यस्तो चिन्ताबाट नारी पूर्णत मुक्त हुन्छिन् । त्यस स्वतन्त्रताबाट मात्र वास्तिवक मायाप्रेममा आधारित एकनिष्ठ विवाह र यौन सम्बन्धहरु स्थापित हुन सक्नेछन् र वेश्यावृत्तिको अन्त्य हुनेछ । जब स्वामित्व सम्बन्धको अन्त्य हुनेछ तब पुरुषको आर्थिक आधिपत्यको सामान्य नतिजास्वरुप विकास भएको पुरुष आधिपत्य पनि नष्ट भएर जानेछ । त्यसपछि न पुरुष पति, स्वामी वा मालिक कहलिने छ न त नारी भोग्या, दासी, वेश्या वा अर्धाङ्गिनी नै । त्यसपछि नारीपुरुष सम्बन्ध वास्तविक समान चाहना, भावना र प्रेममा आधारित हुनेछ र एकनिष्ठ विवाहको स्वतन्त्र अस्तित्व कायम हुनेछ ।

यौन विवाह र प्रेम बारे र स्त्री–पुरुष सम्बन्धका अनन्त आयामहरुबारे कुनै शास्वत आचारसंहिता हुनसक्छ वा हुनुपर्छ भन्ने मार्क्सवादी मान्यता होइन । त्यसैले मार्क्सवाद स्त्री–पुरुष सम्बन्धका विविधतालाई नीतिनिर्देशनको कुनै अमुक नियमावलीले निर्धारित गर्ने वा नियमन गर्ने कुरामा विश्वास गर्दैन । कुरा यति मात्र हो प्रेम परस्पर समान भावनात्मक र वैचारिक निर्णय सक्षमता भएका व्यक्तिहरुबिच मात्र सम्भव हुन्छ । त्यसैले यौन पनि त्यसमा संलग्न दुबै व्यक्तिको सार्थक चयन, परस्पर सम्मान तथा सामाजिक उत्तरदायित्वसहित हुनुपर्छ न कि तिर्खा लाग्यो पानी खाएँ टाइपको छाडा र अराजक ।

अर्को प्रश्नः यौन स्वतन्त्रता बारे
स्त्री–पुरुष प्रेम, यौन र विवाह सम्बन्धको विद्यमान स्थितिको विरोध गर्नुको अर्थ के माक्र्सवादीहरु स्वच्छन्द यौन सम्बन्ध र मुक्त प्रेमको वकालत गर्छन् भन्ने हो त भन्ने प्रश्नको उत्तरमा कात्यायनी लेख्छिन् – माक्र्सवादी विचारधारा र त्यसमा आधारित कम्युनिष्ट नैतिकता त्यसको पनि विरोध गर्छ । यसले यौन एक जैविक आवश्यकता मात्र भएकाले यसको परिपूर्ती एक गिलास पानी पिउनु जस्तै हो भन्ने सिद्धान्तको खारेजी गर्छ । 

कात्यायनी लेनिन तथा क्लारा जेटकिनको उद्दरण गर्दै मुक्त प्रेम भनिने अराजक, स्वच्छन्द र उत्तरदायित्वविहिन यौन सम्बन्धको विरोध गर्छिन् । उनी एक गिलास पानीको सिद्धान्तलाई गैरमाक्र्सवादी तथा समाज विरोधी मान्छिन् । उनी लेख्छिन् – पानी पिउनु त व्यक्तिगत विषय हो तर प्रेममा दुई जीवन सहभागी हुन्छन् र तेस्रो नयाँ जीवन अस्तित्वमा आउँछ । समाजको हीत र समाजप्रतिको कर्तव्य यसबाट सिर्जना हुन्छ । रुमानी साहित्यमा मन पराएँ माया लाएँ मैले के बिराएँ भन्दा निकै नै बेजोड कलात्मक रचनाहरु रहेका छन् र तिनले सामाजिक उत्तरदायित्वहीन मुक्त यौनलाई हृदयको मुक्तिका रुपमा प्रचार गरेका छन् तर पुँजीवादमा त्यो शरीरको व्यापार बन्न पुगेको छ ।

यौन विवाह र प्रेम बारे र स्त्री–पुरुष सम्बन्धका अनन्त आयामहरुबारे कुनै शास्वत आचारसंहिता हुनसक्छ वा हुनुपर्छ भन्ने मार्क्सवादी मान्यता होइन । त्यसैले मार्क्सवाद स्त्री–पुरुष सम्बन्धका विविधतालाई नीतिनिर्देशनको कुनै अमुक नियमावलीले निर्धारित गर्ने वा नियमन गर्ने कुरामा विश्वास गर्दैन । कुरा यति मात्र हो प्रेम परस्पर समान भावनात्मक र वैचारिक निर्णय सक्षमता भएका व्यक्तिहरुबिच मात्र सम्भव हुन्छ । त्यसैले यौन पनि त्यसमा संलग्न दुबै व्यक्तिको सार्थक चयन, परस्पर सम्मान तथा सामाजिक उत्तरदायित्वसहित हुनुपर्छ न कि तिर्खा लाग्यो पानी खाएँ टाइपको छाडा र अराजक ।

प्रेम परम्परा र विद्रोह शीर्षकको पुस्तकको नेपाली अनुवाद पढिसकेपछि स्त्रीपुरुष सम्बन्ध, यौन, विवाह तथा परिवारका सन्दर्भमा माक्र्सवादी दृष्टिकोण के रहेछ भन्ने विषयमा यसप्रकार निचोड निकाल्न सकिन्छ –  पुँजीवादी तथा सामन्तवादी उत्पादन प्रणाली, सम्पत्ति सम्बन्ध तथा परिवेशमा पुरुषकै सामाजिक तथा आर्थिक आधिपत्य रहेका कारण स्त्री उसका अघि भावनात्मक प्रेमका कारण होइन सामाजिक कर्तव्य र आर्थिक बाध्यताले समर्पित हुन विवश छे । समाजवाद स्त्रीको मुक्ति, स्त्रीपुरुषको साँचो ऐकान्तिक मानवीय रुमानी प्रेमको लक्ष्यका दिशामा ऐतिहासिक सङ्क्रमणको काल हुन्छ र सो अन्तर्गत कैयौँ पिंढीले जीवन बिताएपछि जब वर्गविहिन सामाजिक स्वामित्वको समाजको निर्माण हुनेछ त्यसपछि मात्र पुरुषको अधिपत्य समाप्त हुने छ र वास्तविक प्रेम र यौन र जीवन साथीको चयन गर्न व्यक्ति स्वतन्त्र हुनेछ । त्यसो भए वर्तमान समाज व्यवस्थामा कसैले प्रेम गर्नै सम्भव छैन त भन्ने सन्दर्भमा पनि के भन्न सकिन्छ भने मानिसद्वारा आफ्नो जीवन र परिवेशमाथि सचेत किसिमले हस्तक्षेप गर्दै विद्रोह गर्न सम्भव छ । यही सचेत तार्किक विद्रोहबाट नै सामाजिक रुढीको डर, आर्थिक सुरक्षाको लोभ तथा लोकाचारको मोहमाथि नियन्त्रण गर्न सकिन्छ र सुखदायी स्वस्थ मानवीय सम्बन्धहरु, सभ्य यौन जीवन तथा वास्तविक प्रेम र विश्वासमा आधारित स्त्रीपुरुषबीच सुन्दर सम्बन्ध कायम गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top