ट्रेण्डिङ

होमपेज / विचार

शिक्षित तर उत्सादित नागरिक बन्दैछु ‘म’

सैयद अन्वर

नेपालगाथा २०७७ आश्विन ९ गते शुक्रबार १५:१७:०० मा प्रकाशित

सरि, थ्यांक्यु, वेलकम, गुडमर्निङ भन्ने मेरी छोरी टोल छिमेकमा प्रतिभाशाली केटी कहलिन्छिन् । राष्ट्रिय भाषा बिर्सिदै छु, अन्तर्राष्ट्रिय आफुलाई बनाउदै छु । नेपाली मौलिकता गुमाउदैं छु । नेपाली त कहलिन्छु तर नेपालीपन गुमाउदै छु ।

सात (७) वर्षको उमेरमा खरिपाटी अनि आमाले बुनिदिएको अलि बाक्लो चकटी बोकी,  आधा घण्टा पैदल बाटो हिड्दै अर्को गाउँको विद्यालयमा गएर क, ख, रा,  गन्ती र दुना, सिक्न सुरु गरेको मैले, कक्षा ४ मा मात्र abcd, र माने सिक्ने मौका पाएछु । १६, १७ वर्षे बैंशमा उच्च शिक्षाका लागि राजधानी जाँदा, परिचयको क्रममा, बोर्डिंग स्कुल पढेकाहरु सामू लाज मान्दै ‘कतै गाउँले, पाखे, गरिव किसानको छोरोको जस्ता उपमा पाउने त हैन’ भन्ने मन भित्रको भयले, स्यानो लुकेको मरेको आवाजमा ‘सरकारी बिद्यालयबाट हो यार’ भनि जवाफ दिएछु ।

सहरिया बन्नका लागि शब्द शब्दमा अंग्रेजी घुसाउनु पर्ने रहेछ । नेपाली गायक मन नपर्नु पर्ने रहेछ । नेपाली माटो, नेपाली बाटोको कुरा काट्नु पर्ने रहेछ । मकै र भटमासको स्वाद बिर्सेर पास्ता, मोमो, थुक्पा, पिज्जाको स्वाद लिन थालिएछ । स्त्री गरेको कपडाको पाइन्ट सर्ट छाडेर होलो होलो टिसर्टमा तल–तल झरेको जिन्स लाउन थालिएछ ।

सहरिया बन्नका लागि शब्द शब्दमा अंग्रेजी घुसाउनु पर्ने रहेछ । नेपाली गायक मन नपर्नु पर्ने रहेछ । नेपाली माटो, नेपाली बाटोको कुरा काट्नु पर्ने रहेछ । मकै र भटमासको स्वाद बिर्सेर पास्ता, मोमो, थुक्पा, पिज्जाको स्वाद लिन थालिएछ । स्त्री गरेको कपडाको पाइन्ट सर्ट छाडेर होलो होलो टिसर्टमा तल–तल झरेको जिन्स लाउन थालिएछ ।  महत्वाकांक्षा यति बढ्न थालेछ कि, दुइछाक हातमुख जोड्न ‘कति मेहनत गरेका होलान्’  मेरा बाआमा जस्तो सोच आउन थालेछ । पढेर भ्याउने बित्तिकै पैसा त्यसै कमाइन्छ जस्ता सोचले खर्च गर्ने सोख चढेछ । लगभग अरुभन्दा अब चाँही केहीमा कमी छैन है भन्ने भई नसक्दै  ११, १२ को पढाई अनि नतिजा कुर्दा २० वर्षको हाराहारीमा उमेर पुगेछ ।
त्यसपछि स्नातक तह तथा स्नातकोत्तर तहसम्मको उद्देस्य बोकेर भारत पुगी आधा अधुरो पढाई पश्चात नेपाल फर्किदा, जिन्दगीले आधा हिस्सा काटिसकेछ । आमाबुवाको कमाइमा आधा उमेर बिताएको मैले आफ्नो जिन्दगीको सुरुवाती बिन्दु खोज्दाखोज्दै, उमेरले नेटोकाट्ने पिरले विहेवारी  पारिवारिक बन्धनमा जोडिन पर्ने  निर्णय गरिएछ । घर ससुराल गर्दागर्दै अरु २, ३ वर्ष बुढो भईएछ, सरकारी जागिरमा ध्यान  पुगेनछ, निजी जागिरमा  चित्त बुझेनछ, स्यानो ब्यापार सुरु गरौ पढाईको स्तरसँग पेशा मिलेनछ ।

विदेश तिर जाउभन्दा एक्लो छोरो परिएछ, यस्तै–यस्तै कुरामा ररुमलिदै दुइ छोरीको बाउसम्म हुन पुगिएछ । जिन्दगीको आधा अधुरो उमेर अनि अनुभवहरु साङ्लो स्वरुप मैले देखेको, मैले पढेको, मैले भोगेको अनुभवहरुलाई एउटा लेखमा समेट्ने प्रयास गर्दैछु, लेखको शीर्षकमा प्रयोग गरिएको ‘उत्सादित’ भन्ने शब्द पहिलो पटक सुन्दैछु । उत्सादितलाई अङ्ग्रेजीमा abolished भनिदो रहेछ भनी बुझनुपर्नेमा, abolished भनेको उत्सादित पो रहेछ भनेर बुझ्दा सजिलो मानिरहेछु । 

बुढा बाआमाले सकि नसकी पठाएको पैसामा रमाउने तन्नेरी ठिटाठिटीहरुको महँगो रेस्टुरेन्टमा भिड देख्दछु । देशको GDP (कुल ग्राहस्थ उत्पादन) को मतलब नबुझेका डिग्रीपढेका बेरोजगार युवायुवती भेट्दछु। आधा उमेर सम्म मैले मेरो देशको GDP (कुल ग्राहस्थ उत्पादन) मा कति योगदान दिदैछु भनि आफैसँग प्रश्न गर्दैछु ।

आधा उमेर ढल्की सक्दा पनि पेसोमेसोमा खुट्टा लट्पटाई लट्पटाई हिड्न सुरु गरेको म, छरछिमेक वरिपरी हेर्दा म जस्ता हजारौको भिड देख्दा चित्त बुझाउछु । कतै एककप चियागफमा दिन बिताइ दिने होनहार नौ जवानको लाम देख्दछु । कतै ६०/७० वर्षे पालो कुरेका नेताका भक्त एक अर्कासँग भिड्दै गरेका विद्यार्थी नेताहरु देख्दछु । बुढा बाआमाले सकि नसकी पठाएको पैसामा रमाउने तन्नेरी ठिटाठिटीहरुको महँगो रेस्टुरेन्टमा भिड देख्दछु । देशको GDP (कुल ग्राहस्थ उत्पादन) को मतलब नबुझेका डिग्रीपढेका बेरोजगार युवायुवती भेट्दछु। आधा उमेर सम्म मैले मेरो देशको GDP (कुल ग्राहस्थ उत्पादन) मा कति योगदान दिदैछु भनि आफैसँग प्रश्न गर्दैछु । यतिमात्र होइन हुर्किदैं गरेका मेरा छोरीहरुलाई सानैदेखि केरालाई बनाना, र स्याउलाई एप्पल खान आउ भनी बोलाउने गर्दछु । सल्लो, खयर, वर, पिपल, जामुन, काफल, भिर, दोभान, मैदान, हुने देशको नागरिक भए पनि, १ कक्षा मै पुग्न ३ वर्ष लाग्ने बोर्डिङमा भर्ना गरिदिएको छु । स्नो ट्री, आइस्ल्याण्ड, स्ट्राबेरी, जस्ता शब्द सिकाउने छोरीका किताबका भारी बोकी लाग्न कहिले आफु त कहिले मेरी श्रीमतीलाइ विद्यालयसम्म पठाउने गरेको छु । 

सल्लो, खयर, वर, पिपल, जामुन, काफल, भिर, दोभान, मैदान, हुने देशको नागरिक भए पनि, १ कक्षा मै पुग्न ३ वर्ष लाग्ने बोर्डिङमा भर्ना गरिदिएको छु । स्नो ट्री, आइस्ल्याण्ड, स्ट्राबेरी, जस्ता शब्द सिकाउने छोरीका किताबका भारी बोकी लाग्न कहिले आफु त कहिले मेरी श्रीमतीलाइ विद्यालयसम्म पठाउने गरेको छु । 

सरि, थ्यांक्यु, वेलकम, गुडमर्निङ भन्ने मेरी छोरी टोल छिमेकमा प्रतिभाशाली केटी कहलिन्छिन् । राष्ट्रिय भाषा बिर्सिदै छु, अन्तर्राष्ट्रिय आफुलाई बनाउदै छु । नेपाली मौलिकता गुमाउदैं छु । नेपाली त कहलिन्छु तर नेपालीपन गुमाउदै छु । नेपाली शब्द भन्दा विदेशी शब्दमाथि भावना साटेको छु ।  सम्वृद्धि त चाहन्छु तर आफु सक्षम हुन सकेन छु । परिवर्तन त चाहन्छु तर आफू बदलिन सकेन छु । शिक्षा त पाएछु तर माटो सुहाउँदो सीप सिकेन छु । उमेरले बुढो त भएछु तर अनुभव पाउन सकेन छु । म जागिर गर्न योग्य भएछु तर जागिर सृजना गर्न सक्ने भएन छु । PHD पढाउने, विद्वान बनाउने विश्वविद्यालयहरुको प्रतिस्प्रर्धा त देखेछु तर, आत्मबल बढाउने, दक्ष योग्य बनाउने, बेरोजगार हटाउन सहयोग पु¥याउने प्राविधिक विद्यालयहरु प्रयाप्त भेटाउन सकेन छु । देशको प्रगति उन्नतिको सपना त देख्छु तर नीति बनाउने नेतालाई चुन्दा राम्रो भन्दा आफ्नोलाई रोजे छु । यहाँ मैले म भनिरहँदा हरेक आम नागरिकलाई प्रतिनिधित्व गर्दछु । तेसैले त लाग्छ ‘म शिक्षित तर उत्सादित नागरिक बन्दै छु’ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top