ट्रेण्डिङ

होमपेज / विचार

“जोनोसिस र जनस्वास्थ्यमा उदीयमान खतरा”

नेपालगाथा २०७७ श्रावण १ गते बिहीबार १३:२५:११ मा प्रकाशित

जोनोसिस भन्नाले मेरूदण्ड (Vertebrates) भएका पशु र मानिस बीच प्राकृतिक रुपमा सर्न सक्ने रोगहरुको संक्रमणलाई जनाउन्छ र पशुबाट मानिसमा सर्ने रोगहरू नै जोनोटिक हुन् । मानिसमा लाग्ने करिब साठी (६०) भन्दा बढी रोगहरू पशुबाट नै सर्ने पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार (WHO) अहिले मानिसहरुमा देखिएका रोगहरु मध्य ७५ प्रतिशत रोग पशुबाटै नै उत्पति भएको मानिन्छ । यस्ता रोगहरुले पशुजन्य उत्पादनमा आर्थिक हानी गर्नका साथै जनस्वास्थ्यमा पनि प्रतिकुल असर पारिरहेको छ ।

जोनोसिसका प्रकार:

१.बिषाणुजन्य जोनोसेस(Viral zoonoses):

यस अन्तर्गत बिभिन्न भाइरसहरूका कारणले लाग्ने जोनोटिक रोगहरू पर्छन। जस्तै: रेबिज, ईन्फ्लुन्जा, मन्किपस, एल्लोफिभर, इबोला भाईरस, इत्यादि । 

२.जीवाणुजन्य जोनोसेस(Bacterial zoonoses):

यस अन्तर्गत बिभिन्न जीवाणुहरुका कारणले लाग्ने जोनोटिक रोगहरू पर्छन । जस्तै: लाइमरोग, एन्थ्य्राक्स, सालमोनोसिस, ब्रोससेलोसिस, क्षयरोग, धनुष्ङकार, इत्यादि ।

३.ढुसीजन्य जोनोसेस(Fungal zoonoses):

यस अन्तर्गत बिभिन्न ढुसीहरूका कारणले लाग्ने जोनोटिक रोगहरू पर्छन । जस्तै: हिस्टोप्लाजमोसिस, क्रिप्टोकोकोसिस, सुफरफिसियल ड्रमाटोफाइट्स, इत्यादि ।

४.परजिवीजन्य जोनोसेस(Parasitic zoonoses):

यस अन्तर्गत बिभिन्न परजिवीहरुका कारणले लाग्ने जोनोटिक रोगहरू पर्छन । जस्तै: टक्सोप्लाजमोसिस, ट्रिप्यानोसोमियासिस, सिस्टसर्कोसिस, इकाइनोकोकोसिस, लुतो, इत्यादि ।

कारक तत्वहरु: १.बिषाणु (Virus)  २.जीवाणु (Bacteria) ३.ढुसी (Fungal)  ४. परजिवी (Parasites) ,इत्यादि ।

जोनोसिस प्रसारण/सक्रमण/फैलिने माध्यमहरू: १.प्रत्यक्ष सम्पर्क (Direct contact) : संक्रमित पशुको थुक/र्याल (saliva), रगत,मूत्र (urine) ,सिगान (mucous), दिसा,इत्यादि बाट।

२.अप्रत्यक्ष सम्पर्क (Indirect contact) :रोगाणु(germs)भएको ठाउँमा पशुले घुमफिर गरेमा ।

३.भेक्टर(Vector):बिभिन्न भेक्टर जस्तै:किर्ना (Tick) ,लामखुट्टे,उपियां (Flea)आदिको टोकाइबाट,

४.खाना (Food) :राम्ररी नपकाएको दुषित खानाबाट, जस्तै:माछामासु,अण्डा,फलफूल,तरकारी, इत्यादि।

५.पानी(Water):दूषित पानीको सेवनबाट। को प्रभावित हुनसक्छन्?(Who gets affected?): जुनसुकै उमेर समुहका स्वास्थ्य मानिस पनि प्रभावित हुनसक्छन् ।

१.पाँच बर्ष मुनिका बालबालिका, २.पैसठि बर्ष माथिका बयस्क, ३.कमजोर प्रतिरक्षा प्रणाली भएका, ४.गर्वणि महिला,

जोनोसिस प्रकोपका कारणहरु(Reasons for zoonosis outbreak):

१.मानिस,जनावर र वातावरण बिचको अन्तरक्रिया (Interaction) 

२.जमिन उपयोगमा परिवर्तन 

३.सहरीकरण तथा कृषि विस्तृतिकरण

४.बनजंगल बिनाशीकरण

५.जङगली जनावरको बासस्थानमा ह्रास, इत्यादि।

जोनोसिसको सार्वजनिक स्वास्थ्यमा उदीयमान खतरा र यसप्रति निदान तथा रोकथाम : विश्वमा अहिलेसम्म देखिएका रोग मध्य ७५ प्रतिसत रोगहरु पशुबाट नै उत्पति भएको मानिन्छ।

जस्तै बिभिन्न अध्ययन अनुसार सन १९७८ मा HIV-1को उत्पति चिम्पान्जीबाट अफ्रिकामा भएको मानिन्छ । त्यसबेला बुसमिट सिकारीको माध्यमबाट केहि मानिसमा सरेको र पछी सहरीकरण तथा रोडको बिस्तारका कारण भाइरस पुरै अफ्रिका भरि सक्रमण भएको थियो । पछी विश्वव्यापी माहामारीको रुपमा नर्थ अमेरिका, युरोप तथा एसिया पनि बिभिन्न माध्यमबाट फैलिएको थियो । यसैगरी इबोला भाइरस सन २०१४-२०१६ गुनिया पिगमा प्रकोपको रूपमा अफ्रिकामै देखिएको थियो पछी बिभिन्न बोडर तथा माध्यमबाट फेरि हुदै सन २०१८-१०१९ पूर्वी कङ्गो देशमा देखिएको थियो ।

र त्यसैगरी अहिले विद्यमान रहेको कोराना भाईस(CoV-19) सन २०१९ डिसेम्बर मा चिनको वुहान सहरमा पत्ता लागेको थियो । यो पनि बिभिन्न जनावरबाट आएको भन्ने प्रतिपादन रहेका छन । Severe Acute Respiratory Syndrome Coronavirus2(SARS-CoV2 ) strain चाहिँ चमेरा बाट उत्पति भएको मानेका छन् । त्यसैगरी Middle East Respiratory Syndrome (MERS-CoV) उंट बाट मानिसमा सरेको भन्ने पाएको छ । SARS-CoV2 लाई चिनले आधिकारिक रुपमा कोभिड-19(CoV-19)नामाकरण गरेको छ । यसले अहिले विश्वका अधिकांश देशहरुमा माहामारीको (Pandemic) रुपमा फैलिएर ठूलोमानवी क्षती, भौतिक,सामाजिक,आर्थिक व्यवस्थालाई धरापमा पारिरहेको छ ।

तर हालसम्म CoV-19 ले मानिसमा जोनोटिक रोग लगाएको छ भने ,यसको कुनै ठोस प्रमाण भने पाएको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार (WHO) उदीयमान (Emerging) जोनोसेस पहिलै केहि हदसम्म अस्तित्व रहेपनि यसलाई अहिले भौगोलिक तथा भेक्टर वा होस्टको दुरीमा एउटा नया विकासक्रमको रुप लिइरहेको दाबि गरेका छन् । उदीयमान जोनोसेसले (Emerging Zoonotic Diseases) मानिसमा अझ सजिलै सर्ने सक्ने बिभिन्न आधारहरू पनि आंकलन गरेका छन् ।

जस्तै: रोलब्याकको डाह बड्नु (Increase virulence of etiological agents) र वातावरण परिवर्तनले होस्टोको रोगसँग लड्ने क्षमता घट्नु (Increase in susceptibility) । इबोला, हन्टा भाइरस,निफा भाइरस,बर्डफ्लु ,स्वाइनफ्लु,इत्यादि लाई उदीयमान जोनोटिक रोगहरू रक्षयरोग,ब्रोससेलोसिस,रेबिज,सिस्टसर्कोसिस,इत्या दि लाई पुन उदीयमान (Re emerging) जोनोटिक रोगहरूमा समावेश गरिएका छन् ।

विश्वका अधिकांश देशहरु कृषि पेशामा आबद्ध रहेका छन र कृषिमा बिभिन्न फार्महरू काम गर्दा बिभिन्न जनावर संग प्रत्यक्ष-अप्रत्यक्ष रूपमा संलग्न भएर काम गरिरहेका हुन्छन् । करिब ७०प्रतिसत रोग व्यापार माध्यमबाट र ७७ प्रतिशत रोग अन्तर्राष्ट्रिय पशुको व्यापारबाट सर्ने पाएको छ । यसरी काम गर्दै जाँदा पशुमा लाग्ने बिभिन्न किसिमका जोनोटिक रोगहरू जस्तै:पटके,छारे,रेबिज,दाद,फिरफिरे,फित्ते जुका इत्यादि मानिसमा सजिलै सित सक्रमण हुन्छन् । यसरी लामो समयसम्म संक्रमणको प्रकोपले आर्थिक तथा सामाजिक पक्षमा घात पुर्याउने र जनस्वास्थ्यमा एकदमै नकारात्मक प्रभाव पर्ने देखिन्छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top