होमपेज / विचार

टेलिभिजन विगतदेखि वर्तमानसम्म

नेपाल गाथा २०७५ माघ ३ गते बिहीबार ००:३१:४८ मा प्रकाशित

विश्वमा सन् १९२० को दशकमा टेलिभिजनको विकास क्रम शुरु भएको हो  । तर पनि नयाँ प्रबिधि र यस सम्बन्धी पर्याप्त ज्ञानको अभावले गर्दा यसको विकास र विस्तारमा धेरै ढिला हुन पुग्यो । दोस्रो विश्वयुद्धको सेरोफेरोसम्म आइपुग्दा टेलिभिजनको आवश्यकता र महत्वमा वृद्धि भयो । सन् १९३६ मा बिबिसीले नियमित प्रसारण शुरु गरेपछि मात्र टेलिभिजन सर्वसुलभ रुपमा उपलब्ध भएको हो । यस पछि लगत्तै सन् १९३९ मा अमेरिकामा नियमित रुपमा टेलिभिजन प्रसारण हुन थाल्यो । श्यामस्वेत आकृति हुनुका साथै प्रबिधि पनि महंगो भएता पनि श्रब्य र दृष्य एउटैबाट देखिने भएकाले यो माध्यमले छिटै नै धेरैलाई आर्कषण गर्न सफल भयो । भनिन्छ, त्यो समयमा टेलिभिजनको मूल्य अमेरिकी बजारमा एउटा कारको भन्दा आधा मूल्य थियो ।
सन् १९५० को दशकसम्म आइपुग्दा अमेरिकामा टेलिभिजन माध्यम निकै लोकप्रिय माध्यमको रुपमा स्थापित भैसकेको थियो । दोस्रो विश्वयुद्धको समाप्ति पश्चात् अमेरिकी सरकारले रिसिभर राख्न लगाएको प्रतिबन्ध पनि हटाएर सर्वसाधारणका लागि समेत टेलिभिजन खुला ग¥यो । अमेरिकी सरकारको यो निर्णयले गर्दा अमेरिकाभर टेलिभिजनमार्फत खुला रुपमा सन्देश फैलने  मौका पायो । यो अबधिमा अमेरिकामा मात्र दशलाख रिसिभर सेट प्रयोगमा आईसकेको थिए ।

टेलिभिजनको इतिहासमा अन्तरदेशीय कार्यक्रम शुरु
सन् १९५० अगष्ट २७ तारिखमा बेलायत र फ्रान्सबीच टेलिभिजन कार्यक्रम आदानप्रदान सम्बन्धी औपचारिक रुपमा सम्झौता भयो । यसपछि भने टेलिभिजनको इतिहासमा अन्तरदेशीय कार्यक्रमको आदानप्रदान शुरुआत भयो । श्रब्य र दृश्य एकैसाथ प्रस्तुत हुने नयाँ माध्यम भएकाले त्यस बेलाका अन्य संचारमाध्यमको तुलनामा टेलिभिजनले जनताको बोलिचालीदेखि लिएर बानी ब्यहोरामा समेत निकै प्रभाव पा¥यो । टेलिभिजनको यही लोकप्रियता दखेर नै म्याक लुहान (ःबअ ीगजबल० जस्ता संचारका बिद्धानले ‘माध्यम नै सन्देश हो’ भन्ने अभिब्यक्ति दिएका हुन्  ।
सन् १९६० को दशकमा आइपुग्दा टेलिभिजन माध्यमको प्रभावकारिता र यसले समाजमा पार्ने प्रभावका बारेमा बिभिन्न अध्ययन तथा अनुषन्धानहरु हुन थालिसकेका थिए । यसको  विकासको क्रममा क्षेत्रीय तथा अन्तरद्वीपीय सम्र्पक स्थापित भई विश्वका ६० भन्दा बढी मुलुकका एक अर्ब मानिसले टेलिभिजन हेर्नै सुविधा पाइसकेका थिए । यसकारण ती मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रभाव पर्न थालिसकेको थियो ।
एशियाली मुलुकमा टेलिभिजन
युरोप र अमेरिकामा यस माध्यमको ब्यापकता भएता पनि एशियाली मुलुकमा भने यसको बिस्तार निकै सुस्त गतिमा अघि बढेको थियो । दक्षिण एशियामै पहिलो पटक भारतमा सन् १९६५ मा टेलिभिजनको शुरुवात हुन पुग्यो । सन् १९८२ मा एशियाली खेलकुदको प्रसारण शुरु हुँदा मात्र भारतमा रङ्गीन टेलिभिजनको शुरुवात हुन पुग्यो ।
सन् १९७० को दशकमा रङ्गीन टेलिभिजनको आविष्कारले गर्दा यसमा थप अनुसन्धान र विकासको क्रम बढ्न थाल्यो । सन् १९८० को दशकमा नै अमेरिकामा केबुल टेलिभिजनबाट कार्यक्रम प्रसारण शुरु भइ सकेको थियो ।

यसरी विश्व परिप्रेक्ष्यमा टेलिभिजनको शुरुवात र बिस्तार ब्यापक भैसक्दा पनि नेपालमा टेलिभिजनको शुरुवात हुन सकेको थिएन । अमेरिकामा केवुल टेलिभिजनले ब्यापक लोकप्रियता हासिल गरेको पाँच वर्षपछि अर्थात सन् १९८४ मा मात्र नेपालमा टेलिभिजनको शुरुवात भएको हो ।

नेपालमा टेलिभिजनको विकासक्रम 

विसं. २०३८ सालमा श्री ५ बाट तत्कालिन राष्ट्रिय पञ्चायतमा सम्बोधन गर्दा नेपालमा टेलिभिजनको आवश्यकता र स्थापना गर्नेतर्फ पहल गर्ने कुरा सम्बोधन  भएको थियो । तत्कालिन समयमा भारतमा टेलिभिजनको बढ्दो लोकप्रियतासँगै राजधानीका केही हुने खाने मानिसहरुले भारतको दूरदर्शन हेर्न थालिसकेकका थिए । त्यसैले भारतीय संस्कृति भाषा र जीवनशैलिको प्रभाव पर्न गई सांस्कृतिक अतिक्रमण हुन सक्ने सम्भावना भएका कारण पनि नेपालमा टेलिभिजनको आवश्यकता टड्कारो रुपमा रहेको थियो ।

अर्काे तर्फ यही समयमा नेपाली बजारमा सजिलै उपलब्ध हुन थालेको भिसिआरले गर्दा हुने खाने वर्गहरु घरमै बसेर बिदेशी सिनेमा हेर्न थालिसकेका थिए । त्यती मात्र नभई काठमाडांैका मखन, इन्द्रचोक जस्ता ठाउँहरुमा लुकिछिपि बिदेशी सिनेमा र अश्लिल भिडियो देखाउने क्रम तिब्र भएको थियो । समयसँगै आएको यो विकासलाई रोक्न सरकार सक्षम थिएन न त सम्भावना नै थियो । त्यसैले स्वथ्य मनोरन्जनको व्यवस्था गर्नु अपरिहार्य जस्तै भएको थियो ।

विकासका लागि संचार’
पाँचौ पञ्चवर्षीय योजनाले ‘विकासका लागि संचार’ भन्ने मूलभुत योजना अगाडि सार्यो । यस्तै संघर्षका बीचबाट विसं २०४१ साल माघ १७ गते परियोजनाको रुपमा नेपाल टेलिभिजनको शुरुवात भयो । तर समस्या चाँही जटिल थियो । त्यसबेला नेपालमा न त दक्ष जनशक्त्ति नै थिए न त प्रबिधिको विकास नै । एकातिर राष्ट्रिय अखण्डता, सांस्कृतिक सम्पदाको संरक्षण र राष्ट्र हितको सवाल थियो भने अर्काेतर्फ स्रोत र साधनको कमी थियो । तर पनि त्यतिबेला नेपालमा टेलिभिजनको शुरुवातका लागि कम्मर कस्नु ज्यादै ठूलो उपलब्धि थियो । नेपाल टेलिभिजनबाट प्रसारित कार्यक्रमहरु मध्ये लगभग ६० प्रतिशत आफ्नै स्रोत र ब“ाकी अन्य विदेशी तथा निजी क्षेत्रहरुबाट परिपूर्ति भईरहेका छन् । एकातिर राष्ट्रिय प्रसारण संस्थाको दायित्व निर्वाह गर्नुपर्ने र अर्काेतर्फ मनोरन्जनात्मक कार्यक्रमको बाहुल्यता भएको बहृुराष्ट्रिय च्यानलसँगको प्रतिस्पर्धाका कारण नेपाल टेलिभिजनले जनचाहानाको सही प्रतिनिधित्व गर्न सकिरहेको थिएन । समयँंगै बढ्दै गएको चाहाना र रुचीलाई सरकारी संयत्रको रुपमा विकसित भएको संस्था सामू अर्थिक तथा नीतिगत अनेक खाले समस्याहरु आईपरेका थिए । यसले गर्दा नेपाली जनताले स्तरीय कार्यक्रम हेर्न बन्चित त हुनु परेको थियो अर्काेतर्फ सूचना लुकाउने तथा माध्यमलाई सरकारी स्वार्थ अनुकुल संचालनमा ल्याउने प्रवृत्ति हावी भइरहेको थियो । यसले गर्दा गलत सूचनाको प्रवाह त एकातर्फ छदैथियो भने अर्कातर्फ जनताको सूसुचित हुन पाउने हक पनि साँघुरिएको थियो ।

नेपाल टेलिभिजनको बिधिवत स्थापना
विसं २०४२ पुष १२ गते श्री ५ को सरकारले नेपाल टेलिभिजनलाई संस्थान ऐन अन्र्तगत बिधिवत स्थापना ग¥यो । परियोजनाको रुपमा स्थापित भएको एक वर्षपछि मात्र अर्थात् २०४२ पुष १४ देखि नेपाल टेलिभिजनले नियमित प्रसारण शुरु ग¥यो । शुरुमा काठमाडौंका केही भागमा मात्र यसको प्रसारण शुरु भयो । सिहंदरबारको पुतली बगैंचामा रहेको एउटा सानो कोठालाई यसले आफनो स्टुडियोको रुपमा प्रयोग गरी प्रसारण शुरु गरेको थियो । यसको केही समयपछि मात्र टेलिभिजनको प्रशारण उपत्यका ब्यापी भयो । तर नेपाल टेलिभिजनको वास्तविक विकास तेस्रो सार्क शिखर सम्मेलन अर्थात् सन् १९८७ पछि मात्र भएको हो । प्रारम्भमा सामान्य घरमा प्रयोग गरिने उपकरणबाट प्रसारण सेवा सुरु भए टेलिभिजनमा विस्तारै व्यवसायिक उपकरणको प्रयोग हुन थाल्यो । अहिले नेपाल टेलिभिजनसँग केन्द्रमा दुई वटा स्टुडियो र मध्यपश्चिमाञ्चलको कोहलपुरमा एउटा स्टुडियो संचालनमा रहेको छ । 

जनआन्दोलनपछि टेलिभिजन
विसं. २०४६ सालको ऐतिहासिक जनआन्दोलन र यसले प्रदान गरेको  नेपाल अधिराज्यको संविधान २०४७ को भाग ३ मा  स्पष्ट रुपले नेपाली जनताको मौलिक हक अधिकारको ग्यारेन्टी गरेको छ । विगतको पञ्चायती शासन व्यवस्थामा सरकारले प्रेसप्रति देखाएको अनुदार व्यवहार र धरपकडबाट भुक्त्तभोगी नेपाली जनताले पाएको यो उपलब्धि ठूलै थियो । संबिधानको धारा १२, १३, १४, १५, १६ ले नेपाली जनतालाई वाक तथा प्रकाशन स्वतन्त्रताका साथसाथै सूचना माग्न पाउने हकको पनि ग्यारेन्टि गरेको थियो । तर प्रजातन्त्र बहाली पश्चात् पनि यो हक अधिकार ब्यवहारमा लागू नभएको भन्ने आवाज विभिन्न पक्ष र स्वयं पत्रकारिता जगतबाट उठेकोले सरकारले निजी क्षेत्रलाई पनि संचारक्षेत्रमा सहभागी गराउने नीति ल्याउन बाध्य भयो ।
राष्ट्रिय संचार नीति २०४९ को प्रस्तावनामै नेपाली जनताले प्रजातन्त्र प्राप्तिका लागि गरेको लामो संघर्ष र बलिदानपूर्ण जनआन्दोलनको परिणामस्वरुप हासिल गरेको नेपाल अधिराज्यको संविधान, २०४७ ले प्राथमिकताका साथ प्रत्याभूति गरेको विचार र अभिब्यक्तिको स्वतन्त्रता तथा प्रत्येक नागरिकलाई सार्वजनिक महत्वको कुनै बिषयको सूचना माग्ने र पाउने हकको मूल मर्मलाई मनन गरी सूचना र संचारका सम्पूर्ण माध्यमहरुलाई विश्वसनीय, प्रभावकारी एवं सुदृढ बनाउनुपर्ने आवश्यकता भएकोले सूचना र संचारका क्षेत्रमा उपलब्ध आधुनिकतम प्रबिधि र प्रकियाको प्रयोग गरी आवश्यक र उपयुक्त्त माध्यमहरुका निम्त्ति निजि क्षेत्रको समेत सहभागिता बढाउदै जानुपर्ने भएकोले भन्ने स्पष्ट उल्लेख गरिएको छ । जुन वर्षौदेखि संचालनमा आएका सरकारी संचार माध्यमहरुको एकाधिपत्य तोड्न सफल थियो ।

राष्ट्रिय प्रसारण ऐन, २०४९
राष्ट्रिय प्रसारण ऐन, २०४९ र राष्ट्रिय प्रसारण नियमावली २०५२ ले स्पष्टरुपमा निजी क्षेत्रलाई पनि टेलिभिजन प्रसारणमा मार्ग खुला गरिदियो । यसैको फलस्वरुप २०५७ असोज १२ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम ३ बमोजिम  पहिलो पटक राइजिङ नेपालमा सूचना प्रकाशित गरी निजि क्षेत्रबाट संचालन गर्न प्रस्ताव आब्हान गर्यो । यसमा नेपाल वातावरण पत्रकार समूह, सगरमाथा टेलिभिजन, इमेज च्यानल, प्राइम ब्रोडकास्टिड, स्पेश टाइम नेटवर्क प्रालि, हिमालयन टिभी, सांग्रीला च्यानल प्रालि, कान्तिपुर टेलिभिजन नेटवर्क, अन्नपूर्ण मिडिया ट्रान्समिसन, प्रोफेसनल ब्रोडकास्टिड प्रालि गरी ९ वटा संघसंस्थाहरुले आवेदन दिएका थिए । यस पछि फेरि २०५८ असोज २३ गते पुनः प्रस्ताव आब्हान गर्यो । यस अनुसार प्राबिधिक र आर्थिक प्रस्तावको भन्ने आधारमा सांग्रीला च्यानल प्रालिलाई २०५९ वैशाख ४ मा सेटलाईटबाट प्रसारणका लागि अनुमति प्रदान गर्यो । त्यसै गरी सोही मितिमा कान्तिपुर टेलिभिजन नेटवर्क र इमेज मेट्रोलाई टेरेस्टेरियल प्रबिधिमा प्रसारण गर्न स्वीकृति प्रदान गरेको थियो । त्यसैगरी २०६० चैत्र ५ मा एड एभेन्यूज र च्यानल नेपाललाई प्रसारणको लागि अनुमति गरी कुल पाँच वटा च्यानलहरुलाई अनुमति प्रदान गरेको थियो । हाल नेपालमा करिब ४ दर्जन टेलिभिजनले प्रसारणको लागि अनुमति प्राप्त गरिसकेका छन् । र हाल करिव २ दर्जन टेलिभिजन च्यानलहरुले नियमित प्रसारण गरिरहेका छन् । 

संबिधान, ऐन र नियमावलीले निजि क्षेत्रको बढी भन्दो बढी सहभागितातर्फ संकेत गरेता पनि लाइसेन्सप्रथा भने एकदमै अपारदर्शी र राजनैतिक पूर्वाग्रहले भरिपूर्ण रह्यो । सम्पूर्ण प्राबिधिक तयारी पूरा भएर पनि प्रसारण अनुमति प्राप्त गर्न च्यानल नेपाललाई एकबर्ष भन्दा बढी समय लाग्यो । तर पछि अदालतको निर्णयबाट यसले नेपालबाटै प्रसारणका लागि अनुमति पायो । त्यसैगरी कान्तिपुर टेलिभिजनको अनुमति पत्र लिँदा बिड बन्ड बापतको रकम अग्रिम भुक्त्तानी गरी भ्रष्टाचार भएको भन्ने कुराको मुद्धा हालसम्म पनि अदालतमा बिचाराधीन नै छ । एकातिर यो स्थिति छ भने अर्काेतर्फ नेपाली भाषामा नेपाली कार्यक्रम बिदेशी भूमिबाट पनि प्रसारण हुन थालेको छ । नेपाल वान नामक उक्त्त च्यानलले नेपालबाट प्रसारण गर्न स्विकृति पनि लिएको छैन ।

निष्कर्ष 

कुनै समय एउटै मात्र नेपाली च्यानल हेर्न बाध्य नेपाली जनतालाई प्रजातन्त्र हुँदै लोकतन्त्र प्राप्ति पश्चात बहुलबादी समाजको सिर्जना भएको छ । जनताले प्रशस्त मात्रामा आफना रुची र चाहाना मुताबिक विषयवस्तु छनौट गर्ने अवसर पाएका छन् । निश्चय नै यो सबैभन्दा ठूलो प्राप्ति हो । निजी क्षेत्रको आगमनले वर्षौ सम्मको सरकारी माध्यमको एकाधिपत्य तोडेको मात्र नभई यसलाई सुधारतर्फ बाध्य पनि गराएको छ । यसका साथै दलित उत्पिडित तथा समाजमा पाखा लागेका वर्गहरुको पनि आवाज केही मात्रामा भएपनि आउन थालेको छ । समाजका सवै वर्गको प्रतिनिधित्व हुने खालका कार्यक्रमको निर्माणहरु हुन थालेका छन् । त्यसै गरी यस क्षेत्रमा ठूलो रुपमा रोजगारीको सिर्जना भएको मात्र होईन सम्बन्धित ब्यक्त्तिहरुलाई छनोटको अवसरको पनि प्राप्त भएको छ । तर यती हँुदा हुँदै पनि नेपाली आकाशमा बढिरहेको च्यानलहरुले राजनीति र काठमाडांै केन्द्रित समाचारको परम्परालाई अन्त्य गर्न सकेका छैनन् । भन्नुको अर्थ नया“ च्यानल भएता पनि नय“ा क्षेत्रको ढोका खोल्न सकेका छैनन् । देश र समाजप्रति उत्तरदायी बहन गर्नेे पत्रकारिता अझै हुन सकेको छैन । सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित हुने विकास पत्रकारिता तथा ग्रामिण पत्रकारिता जस्ता वैकल्पिक पत्रकारितालाई अझ आत्मसाथ गर्न सकेका छैनन् । बजार र स्रोता वा दर्शकमाथि आधिपत्य जमाउने लोभमा पत्रकारितालाई पनि एउटा दरिलो आम्दानीको स्रोत बनाउने तर्फ आफनो ध्यान मात्र केन्द्रित गरिरहेका छन् ।  

समग्रमा हेर्दा, नेपालको टेलिभिजन विकासक्रमले प्रजातन्त्र प्राप्ति पश्चात नै फक्रने र फूल्ने मौका पाएका छन् । विदेशी भाषाका च्यानलहरु हेर्न बाध्य नेपाली जनताले आफनै भाषामा प्रशस्त विषयवस्तु छनोट गर्न पाएका छन् । जनताले सूसुचित हुने अवसरबाट बन्चित हुन परेको छैन । यसले गर्दा नेपाली जनताको ज्ञानलाई फराकिलो पार्न सहयोग पुर्याएको छ । दक्ष जनशक्त्तिको बढ्दो आपू्र्ति र जनचेतनामा आएको बृद्धिले विकासका अवधारणालाई जनस्तरसम्म पुर्याउन यी माध्यमहरुले भविष्यमा ठूलो सहयोग पुर्याउने अब निश्चित छ । 
अबको आवश्यकता भनेको सरकारी पक्षको निरन्तर सहयोग अपरिहार्य छ । साथ साथै टेलिभिजन माध्यमहरुले पनि भविष्यमा अझ समाजपयोगी र राष्ट्रहितका सवालमा सही सूचना प्रवाह गर्न सकेमा नेपालको मुहार फेर्नमा यी माध्यमहरुले ठूलो भूमिका खेल्न सक्ने कुरामा दुईमत छैन । फेरि पनि टेलिभिजन लगानी कर्ताहरुले वा सञ्चालकहरुले के बुझ्न जरुरी छ भने टेलिभिजन च्यानललाई आफ्नो नियन्त्रणमा राख्ने रिमोट दर्शक वा स्रोताहरुकै हातमा छ । जति वेला पनि तपाइहरुको टेलिभिजन च्यानल परिवर्तन हुन सक्छ ।    

(लेखक मप विश्वविद्यालयमा आमसञ्चार र पत्रकारिताका उपप्राध्यापक हुनुहुन्छ ।)

प्रतिक्रिया

सम्बन्धित खवर

Top