ट्रेण्डिङ

होमपेज / अर्थ

सुनचाँदीको मूल्य घट्यो

नेपालगाथा २०८१ असार १३ गते बिहीबार १६:१९:२८ मा प्रकाशित

काठमाडौं । सुनचाँदीको मूल्य घटेकाे छ । बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला१ लाख ४० हजार १ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top