ट्रेण्डिङ

होमपेज / अर्थ

सुनकाे भाउ १२ सय रुपैयाँले घट्याे 

नेपालगाथा २०८० फाल्गुण २ गते बुधबार ११:५४:२८ मा प्रकाशित

काठमाडौं। एकैदिन सुनको भाउ प्रतितोला १ हजार २०० रूपैयाँ घटेको छ। मंगलबार प्रतितोला ३०० रूपैयाँले घटेको सुनको भाउ आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २०० रूपैयाँ घटेको छ।

 सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top