ट्रेण्डिङ

होमपेज / समाज

नर्सहरुकाे आन्दोलन नरोकिने

नेपालगाथा २०८२ कार्तिक ५ गते बुधबार २१:०७:१८ मा प्रकाशित

काठमाडौं । नर्सहरुले आन्दोलन नरोक्ने भएका छन्। सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका नर्सहरु आन्दाेलनमा उत्रिएका छन् ।

नेपाल नर्सिङ संघले देशभरका नर्सहरुलाई आन्दोलनमा होमिन आह्रान गरेसँगै आन्दोलनमा उत्रिएका नर्सहरुले आन्दोलन नरोक्ने भएका हुन् ।

नर्सिङ संघ केन्द्रीय समितिले आज एक विज्ञप्ति जारी गरेर विभिन्न मागहरु राखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरी परिपत्र गरे अनुसार देशका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई संलग्न हुन आव्हान गरेको छ ।

साथै केन्द्रको आन्दोलनका कार्यक्रम घोषणा अगाडि नै अन्यायको विरुद्ध आन्दोलनमा उत्रिसकेका देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई भने १८ गतेसम्म आन्दोलनलाई यथावत निरन्तरता दिन (अर्को कार्यक्रम घोषणा नभए सम्म) केन्द्रले आव्हान गरेको हो  ।

यस परिस्थितिमा सर्वसाधरणमाथि परेकोअसुविधा प्रति संघ क्षमायाचना मागेको छ । सरकारले तोकेको पारिश्रमिक नपाएको भन्दै नर्सिङहरु लामो समयदेखि आन्दोलनमा उत्रिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले पारिश्रमिकको समस्या समाधान गर्न समिति बनाएर भनेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top