होमपेज / समाज
काठमाडौं । बझाङमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरातमा भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको छ ।
भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ । स्थानीय प्रहरीले भूकम्पका कारण कुनै पनि क्षति भएको विवरण प्राप्त नभएको बताए ।