होमपेज / समाज

सामानुपातिक आरक्षणका लागि निरन्तर आन्दोलन

नेपाल गाथा २०७६ भाद्र १ गते आइतबार २१:५८:५३ मा प्रकाशित

भीमबहादुर परियार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आदिवासी जनजातिले सामानुपातिक आरक्षण बचाउनका लागि निरन्तर आन्दोलन गरेका छन् ।

शनिबार आदिवासी जनजातिले वीरेन्द्रनगरको मंगलगढी चौकदेखि शुरु गरेको ¥याली पिपल चौतारामा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षण संघका प्राध्यापक बिमल नेपालीले दलित र जनजाति प्रति अन्याय गरेकाले  आन्दोलनमा उत्रिनु परेको बताउनु भयो ।

हरेक आन्दोलनमा जनजाति र दलितको त्याग तपस्या भए पनि आरक्षण हटाएर अहिलेको सरकारले बेवास्था गरेको उहाँको भनाई छ ।

आफूहरुको  आन्दोलनप्रति सरकारले जानी जानी बेवास्ता गरेको भन्दै अब कडा आन्दोलनको घोषणा गर्ने जनजाति महासंघका अध्यक्ष पच्चासिं राकोयाले बताउनु भयो । विभिन्न किसिमका शान्तिपूर्ण आन्दोलन गर्दा सरकार कुम्मकर्णको बहानामा सरकार सुते पछि कडाईका साथ आन्दोलनमा उत्रिनु परेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top