होमपेज / समाज

वरिष्ठ साहित्यकार मदनमणि दीक्षित अब सम्झनामा मात्र

नेपाल गाथा २०७६ श्रावण ३० गते बिहीबार ०९:४१:३४ मा प्रकाशित

काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीबार बिहान चार बजे  कालिकास्थानस्थित आफ्नै घरमा निधन भएको हो ।

यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो ।

उनको आजै अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको थियो ।

माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top