होमपेज / समाज
सुर्खेत । नेपाल सरकारले कर्णाली प्रदेशबाट वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाललाई नगरविकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गरेको छ । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रत्येक प्रदेशका नगरपालिकाका प्रमुख र उपप्रमुख मध्येबाट मनोनयन गर्दा कर्णाली प्रदेशबाट ढकाल मनोनयनमा पर्नुभएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।
उपप्रमुख ढकालसँगै अन्य प्रदेशका नगरपालिकाका प्रमुख र उपप्रमुख मध्येबाट अन्य दुइजना महिलासहित सातजनालाई नगरविकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गरेको हो ।
यो सँगै नेपाल सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बाँस्तोलालाई नियुक्त गरेको छ । पवक्ता बाँस्कोटाले यो सँगै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख आठवटा निर्णय गरेको जानकारी दिनुभएको छ ।