होमपेज / समाज

सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने : मन्त्री बास्कोटा

एउटै मिडिया हाउसले पत्रिका, रेडियो र टिभीहरुमा लगानी गर्न नपाइने

नेपाल गाथा २०७६ असार ३० गते सोमबार १९:०९:०६ मा प्रकाशित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्विकार गर्नै नसक्ने पनि बताएका छन् । सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले एउटै सञ्चार माध्यमलाई पत्रिका, रेडियो र टिभीहरुमा लगानी गर्न नदिने चेतावनी दिए ।

उनले सञ्चार माध्यमहरुको आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने बताए । केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यामबाट आउन थालेकोमा मन्त्री बास्कोटाको आपत्ति छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top