होमपेज / समाज

बसले ठक्करबाट कृषि प्राविधिक वली गम्भीर घाईते

नेपाल गाथा २०७६ असार २९ गते आइतबार १९:२९:४४ मा प्रकाशित

दुर्गा वि.सी.,सल्यान । नेपालगञ्जदेखि रुकुम जाँदै गरेको ना ४ ख ६७५३ नं. को मध्यपश्चिम यातायात समितिको बसले रा १ ४ प ९३७६ को नं.को मोटरसाईकिललाई ठक्कर दिदाँ बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा कार्यरत कृषि प्राविधिक विरमान वली गम्भिर घाईते भएका छन् । कार्यलयकाे कामकाे शिलशिलमा नगरपालिकामा आएर आफ्नो वडा तर्फ फर्किरहेका वलीलाई बालुवासँग्रहीको बाँगिरह नजिकै बसले ठक्कर दिएको थियो ।

वलीकाे टाउको र वाँया खुट्टामा गम्भीर चोट लागेको छ । घाईतेलाई देवस्थलमा रहेको पोख्रेल मेडिकल हलमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top