होमपेज / समाज

बाढी पहिरोे र डुबान पीडितका लागि मन्त्रिपरिषद्को बैठकले गर्यो ९ निर्णय

नेपाल गाथा २०७६ असार २९ गते आइतबार १८:५०:०२ मा प्रकाशित

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोे र डुबानबाट पीडित भएका नागरिकहरुलाई सरकारले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले बाढी पहिरो र डुबानपीडित नागरिकलाई राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

त्यस्तै मन्त्रिपरिषदले पुल भत्केका ठाउँमा तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको छ । राहत कोषबाट रकम अपुग भए सरकारले रकम थप गर्ने निर्णय समेत गरेको छ। बिहीबारदेखि निरन्तरुपमा भएको वर्षाका कारण देशभरबाट अहिलेसम्म ५१ जनाको ज्यान गएको सरकारले पुष्टि गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद्को ९ निर्णय

प्रतिक्रिया

सम्बन्धित खवर

Top