होमपेज / समाज

लैङ्गिक संवेदनशील सम्बन्धी पत्रकारिता तालिम

नेपाल गाथा २०७६ असार २८ गते शनिबार २२:४०:३५ मा प्रकाशित

सुर्खेत । समाजमा भएको लिङ्गभेद सम्बन्धी दुइृ दिने तालिम वीरेन्द्रनगरमा सुरु भएको छ । पत्रकारहरुलाई लैङ्गिक संवेदनशील सम्बन्धी ज्ञान दिने उद्देश्यले संचारिका समूह कर्णाली प्रदेशको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा तालिम संचालन भएको हो ।
तालिममा मुख्य प्रशिक्षकको रुपमा वरिष्ठ पत्रकार बबिता बस्नेत लगायत स्थानीय प्रशिक्षकहरु रहनु भएको छ । तालिम उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले लैगिङ्ग विभेदलाई समाचारका माध्यमबाट समाजमा लिन सकेको खण्डमा सर्वसाधारणहरुमा समेत चेतनाको विकास भई लैगिङ्ग विभेदका घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

मुख्य प्रशिक्षक बबिता बस्नेतले तालिमका क्रममा लैङ्गिक सामान्य मान्यता भएको बताउँदै जहाँ महिला र पुरुष बीच सामाजिक लिङ्गभेदको भूमिकामा महिला र पुरुषले गर्दैै आएका व्यवहारहरुको परिवर्तनका लागि रणनैतिक आवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘समाजमा भएको पितृसत्तात्मक सोचतको विचारलाई उदाहरण दिएर समान्त र समताको बारेमा स्पष्ट हुन सक्नु पर्दछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top