होमपेज / समाज

‘साबुन पानीले हात धुनुको महत्वबारे जानिराखौं’

नेपाल गाथा २०७६ असार २३ गते सोमबार १२:५१:४८ मा प्रकाशित

चन्द्रा कंडेल, सुर्खेत । हरेक पटक खाना खादा, खुवाउँदा र तयार गर्दा आफ्नो र बच्चा बच्चीको हात साबुन पानीले मिचिमिचि धुनुपर्ने प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा. यामप्रसाद शर्माले बताउनु भएको छ । उहाँले खाना मात्र हैन स्तनपान गराउनु अघि पनि साबुन पानीले हात धुनुपर्नेमा जोड दिनुभएको छ ।
युएसएआइडीको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा सञ्चालित सुआहारा कार्यक्रम–दुई अन्तर्गतको साप्ताहिक रेडियो कार्यक्रम ‘भन्छिन आमा’मा कुरा गर्दै डा. शर्माले बच्चा बच्चीको हात साबुन पानीले नधोएमा विभिन्न रोग लाग्नुका साथै कुपोषण समेत हुनसक्ने जानकारी दिनुभयो ।
चक्लेट, फलफुल, जस्ता खानेकुरा खाँदा बच्चाबच्चीले हात चुस्ने भएकाले यस्तो अवस्थामा बच्चाबच्चीको हात साबुन पानीले धोइदिन समेत डा. शर्माको सुझाव रहेको छ ।
बच्चा बच्ची धुलो माटोमा खेल्ने र खाना खुवाउँदा आफै पनि खाना खान खोज्ने भएकाले आफ्नो साथै बच्चाको हात पनि साबुन पानीले धोईदिनु पर्ने डा. शर्माको भनाई रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top