होमपेज / समाज

‘पानी सफा देखिए पनि फिल्टर गरेर मात्र पिउनु पर्छ’ – स्वास्थ्य महाशाखा प्रमुख शाही

नेपाल गाथा २०७६ असार २२ गते आइतबार २०:१३:३० मा प्रकाशित

चन्द्रा कंडेल, सुर्खेत । पानी सफा देखिए पनि फिल्टर गरेर मात्र पिउनु पर्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा कर्णाली प्रदेश सुर्खेतका प्रमुख वृषबहादुर शाहीले बताउनु भएको छ ।
युएसएआइडीको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा सञ्चालित सुआहारा कार्यक्रम–दुई अन्तर्गतको साप्ताहिक रेडियो कार्यक्रम ‘भन्छिन आमा’मा कुरा गर्दै शाहीले पानी धमिलो छ भने पहिले थिग्य्राएर मात्र फिल्टर गर्नुपर्ने बताउनु भएको हो ।
उहाले भन्नुभयो ‘आईरन र आर्सेनिकयुक्त पानी पिउनका लागि प्रयोग गर्नुहुँदैन । गाग्रीहरु भन्दा फिल्टर सस्तो पर्छ एउटा फिल्टरले परिवारलाई पिउन पुग्ने पानी पर्याप्त हुन्छ ।’
पहाडी क्षेत्रमा विपद्, पहिरो, भूकम्प, महामारीले खानेपानी योेजनाहरु बिग्रने र पानीको मुहानमा फोहोर पस्ने हुनाले पानी प्रदुषण हुने उहाको भनाई छ ।
यसैगरी तराई क्षेत्रमा विपद्, बाढि, नदि कटान, भूकम्प, महामारीले खाने पानीका स्रोतहरुमा फोहोर पानी पस्नाले प्रदुषण हुन्छ ।
तसर्थ विपद्को समयमा पानी शुद्धीकरण नगरेर प्रयोग गर्ने हो भने पानीजन्य माहामारी, झाडापखाला, हैजा फैलन सक्ने सम्भावना रहने स्वाथ्य महाशाखा प्रमुख शाहीले जानकारी दिनुभयो ।
विपद्को समयमा पानी धमिलो पनि हुनसक्ने बताउदै शाहीले पहिले थिग्य्राएर सफा सुतिको कपडालाई आठ पटक पट्याएर छान्नुपर्नेमा समेत जोड दिनुभयो ।
यसका साथै उपयुक्त घरेलु विधि प्रयोग गरी पानीलाई शुद्धीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
शाहीका अनुसार विपद्को समयमा क्लोरिनेसन पानी शुद्धीकरण गर्ने उपयुक्त विधि हो । क्लोरिन अक्वा ट्याब, पियुष प्रयोग गर्दा मात्रा र विधि राम्ररी बुझि प्रयोग गनुपर्नेमा शाहीको जोड रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top