होमपेज / समाज

पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह

नेपाल गाथा २०७६ असार २१ गते शनिबार १४:१३:३६ मा प्रकाशित

काठमाडौं । आज देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन बाढी पुर्वानुमान विभागले आग्रह गरेको छ । एक सूचना जारी गर्दै विभागले पश्चिम नेपालका डेलधुरा, डोटी, कञ्चनपुर, बाँके, वर्दिया,कैलाली, दाङ, जाजरकोट, सुर्खेत, दैलेख,अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो।

साथै विभागले १ हप्ता सम्म देशभरका प्राय नदीमा बहाव बढ्दो क्रममा रहने र त्यसपछि नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै तटिय क्षेत्रमा रहेका कृषि उपज संभव भएसम्म चाँडो थन्क्याउन अनुरोध गरेको छ। आज, भोली र पर्सी प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून रहेको बताएको छ। पर्सी बाट भने प्रदेश १, प्रदेश ३ र प्रदेश ५ को धेरै स्थानहरूमा भारी बर्षाको संभावना रहेकाले ती क्षेत्रका खोलानालाहरूमा आकस्मिक बाढी आउने पुर्वानुमान रहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top