होमपेज / समाज

बच्चाका लागि अण्डा फाईदा

नेपाल गाथा २०७६ असार १६ गते सोमबार १९:३३:०९ मा प्रकाशित

चन्द्रा कंडेल, सुर्खेत । सामाजिक विकास मन्त्रालय स्वास्थ्य माहाशाखा सुर्खेतमा कार्यरत नर्सिङ अधिकृत ईश्वरी पौडेले बच्चा ६ महिना पुगेपछि उसको खानामा हरेक दिन अण्डा समावेश गर्नुपर्ने बताउनु भएको छ । युएसएआइडीको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा सञ्चालित सुआहारा कार्यक्रम–दुई अन्तर्गतको साप्ताहिक रेडियो कार्यक्रम ‘भन्छिन आमा’मा कुरा गर्दै पौडेलले ६ महिना पूरा भएको बच्चालाई दिनहँु अण्डा खुवाएमा दुई वर्ष भित्र हुने बच्चाको ८० प्रतिशत दिमागको बिकासमा सहयोग पुग्ने बताउनु भएको छ ।


पौडेलका अनुसार छोरा छोरी दुवैका लागि अण्डा पूर्ण र राम्रो आहार हो । किनभने बच्चाको मानसिक र शारीरिक बृद्धि विकासका लागि यसमा प्रोटिन, चिल्लो पदार्थ, आइरन, भिटामिन ‘ए’ जस्ता पोषक तत्वहरु भरपुर मात्रामा पाइन्छन् । अण्डा सजिलै र सस्तो मुल्यमा पाउन सकिने आहार पनि भएकाले बच्चाको मानसिक र शारीरिक विकासका लागि छोरा वा छारी दुबैलाई अनिबार्य रुपमा नियमित अण्डा खुवाउनु पर्ने नर्सिङ अधिकृत पौडेलको सुझाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top