होमपेज / समाज

प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

नेपाल गाथा २०७६ असार १६ गते सोमबार ०७:३०:२९ मा प्रकाशित

दुर्गा वि.सी. । बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालित प्रथम राष्ट्रपति रनिङ्क शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । ३ दिन सम्म सञ्चालित अन्तर माध्यमिक प्रथम राष्ट्रपति रनिङ्क शिल्ड प्रतियोगितामा सबै भन्दा वढि स्कोर तथा विद्यामा प्रथम हुन मावि च्युरा सफल भएको छ । त्यसै गरि ८ स्कोर सहित श्री लंग ग्रिन रिभर वोर्डिङ्ग स्कुल सल्लीवजार दोस्रो भएको छ । ७ अंक सहित प्रभाकर मावि देवस्थल तेस्रो भएको छ ।

विभिन्न खेल प्रतिभामा बनगाड कुपिण्डेका सामुदायीक तथा निजी विद्यालयहरुले भाग लगेका थिए । सबैै विजेता खेलाडिहरुरुलाई नगर प्रमुख गोविन्द कुमार पुन,प्रमुख प्रशासकिय अधिकृत हरि पवहादुर खत्री र कार्यक्रमका सभा अध्यक्ष नगर शिक्षा अधिकारि चक्र वहादुर रावतले प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख पुनले आगमि दिनमा विद्यालय स्तरिय खेललाई वढि प्राथामिकता दिने जनाउनुु भएको छ ।

खेल क्षेत्रको लागि नगरको तर्फबाट सम्पुर्ण सहयोग हुने जनाउनु भएको छ । खेलाडि भनेका नगरका गहना भएकोले आफ्नो समेत विषेश जोड खेललाई भएको जनाउनु भएको छ । खेल क्षेत्रलाई वढि प्रभावकारि वनाउन विद्यालयमा अतिरक्ति क्रियाकलापमा वढावा दिन कार्यक्रमका अध्यक्ष चक्र रावतको जोड थियो । खलेको आधार स्तम्भ विद्यालय भएकोले विशेष कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई आग्रह गरिएको छ ।

उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । प्रभावकर मावि देवस्थलको प्राङ्गणमा भएको खेल आज समापन भएको छ । साथै नगरबाट उत्कृष्ट छनौट भई खेलाडिहरुलाई जिल्ला स्तरि राष्ट्रपति रनिङ्क शिल्ड प्रतियोगितामा लगिने भएको छ । उक्त खेलको लागि विभिन्न विद्याका उत्कृष्ट खेलाडिहरु समेत छनौट गरिएको छ । पुरस्कार वितरण कार्यक्रमको सञ्चालन नगरका सलेपा घनश्याम वि.सीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top