होमपेज / समाज

नेकपा (मसाल)को महाधिवेशन सम्पन्न

नेपाल गाथा २०७६ असार ७ गते शनिबार १९:०३:०६ मा प्रकाशित

सुर्खेत । नेकपा (मसाल)को आठौँ महाधिवेशन सम्पन्न भएको छ । शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कम्युनिष्ट पार्टी (मसाल) को ऐतिहासिक आठौँ महाधिवेशन सम्पन्न भएको जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै पार्टीका प्रवक्ता मोहन थापाले आठौँ महाधिवेशनद्वारा पारित राजनीतिक प्रस्तावहरु तथा समसामयिक निर्णयहरुका विषयमा जानकारी दिनको लागि प्रत्रकार सम्मेलन गरेको बताउनु भयो । अहिलेको परिप्रेक्षमा विश्व कम्युनिष्ट आन्दोलन कमजोर भएको र समाजवादी व्यवस्थाको पतनले क्रान्तिकारी कम्युनिष्ट पार्टीमा पनि असर पर्न गएको नेकपा मसालको घोषणापत्रमा उल्लेख छ ।
अहिलेसम्मको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति माथि विचार गर्दा तत्काल देशमा सशस्त्र संघर्ष गर्न सक्ने अवस्था नरहेकाले शान्तिपृर्ण आन्दोलन नै अहिलेको प्रधान पक्ष हुने महाधिवेशनको निष्कर्ष रहेको छ ।
वैधानिक तथा शान्तिपुर्ण आन्दोलनमा जोड नीति भएपनी नयाँ नया जनवादि त्रान्तिका लागि सशस्त्र संघर्ष र त्रान्तिकारी संयुक्त मोर्चाको निर्माणका लागि परिस्थिति वा आधार तयार पार्ने कार्यलाई उपेक्षा गर्न नहुने महाधिवेहनको निर्देशन रहेको छ । यसका साथै रणनिति र कार्यनितिको सन्तुलन र सामानजस्यता कायम गरेर नै त्रान्तिकारी आन्दोलनलाई सही प्रकारले अगाडि बाढाउन परिस्थितिको निमार्ण गर्न सकिने महाधिवेशनले निर्णय गरेको छ ।


गणतन्त्रको रक्षा, देशको राष्टियता, सार्वभौमिकता, अखण्डताको रक्षा, संघियताको खारेजी, मंहगी,  भष्ट्राचारमाथि नियन्त्रण गरिनुपर्ने, कर वृद्धि राकिनुपर्ने, स्थानीय स्वायत्त शासनलाई मौलिक हक अधिकारको मान्यता दिनुपर्ने, विकेन्दित र सन्तुलित विकास नीति घोषणा गर्नुपर्ने, मजदुरहरुका न्युनतम ज्याला उनीहरुका न्युनतम आवश्यकतालाई पुरा हुने गरी तोकिनुपर्ने, महाधिवेशनको कार्यक्रम रहेको छ । यसका साथै समाजवाद उन्मुख नीतिलाई कार्यान्वयन गरिनुपर्ने, जेष्ठ नागरिकका सुविधा र संक्षणका लागि विशेष व्यवस्था गरिनुपर्ने, राष्ट्रिय उद्योगहरुको संक्षणको नीति अपनाउनु पर्ने, जनजाती र अल्पसंख्यक जातिहरुको अधिकता भएका स्थानहरुमा उनीहरुलाई स्थानीय स्वायत्त शासनको अधिकार दिनुपर्ने, प्रवासी नेपालीहरुलाई आफु बसेको ठाउँबाट मतदानमा सहभागी हुन पाउने लगायतका थुप्रै ठोष कार्यक्रमहरु महाधिवेशनले तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top