होमपेज / समाज

मुक्त हलिया बस्तीमा खानेपानीको धारा जडान

नेपाल गाथा २०७६ असार ५ गते बिहीबार २०:११:४९ मा प्रकाशित

सुर्खेत । नेपाल सरकारले वीरेन्द्रनगर ९, लाटीकोइली सुर्खेतको वरकुनामा बसालेको मुक्त हलिया बस्तीमा आज ९ न‌ं वडा कार्यालयले खानेपानीको धारा जडान गरेको छ । धारा जडान कार्यक्रममा मुक्त हलियाहरुले सरकारले बस्ती बसाल्यो तर हाम्रो बस्तीमा खानेपानीको चरम आभाव थियो त्यस तर्फ सरकारको ध्यान नगएको बताए ।

अहिले वडाले खानेपानीको धारा जडान गरिदिएर ठूलो गुन लगाएको उनीहरुले बताए । धाराको उद्घाटन गर्दै ९ नं वडाका वडा अध्यक्ष सुरेश मानन्धरले वडामा रहेका नागरिकहरुको शिक्षा, स्वास्थ्य, सडकमा सहज पहुँच बनाउनका लागि मुक्त हलिया बस्तीमा खानेपानीको धारा जडान गरेको बताए । उहाँले विपन्न वर्गलाई माथि उठाए मात्र विकास हुने भन्दै आफ्नो वडाले विपन्न वर्गहरुका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो ।

करिव २२ घरधुरी रहेको मुक्त हलिया बस्तीमा झुप्रा बृहद खानेपानीको धारा जडान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top