होमपेज / समाज

चट्याङ लागेर एक जनाकाे मृत्यु

नेपाल गाथा २०७६ जेठ २९ गते बुधबार १७:४०:२९ मा प्रकाशित

नवलपरासी । नवलपरासीमा बुधबार दिउँसो चट्याङ लागेर एक जनाकाे मृत्यु भएको छ । दिउँसो आएको हावाहुरी तथा वर्षाको समयमा बैदौली पुलमा संचालित महायज्ञ हेरेर पैदल घर फर्कने क्रममा चट्याङ लागेर प्रतापपुर गाउँपालिका वडा नं ५ बेतहानी बस्ने वर्ष ६५ को झिन्कु लोनीया गम्भिर घाईते भएका थिए । लोनीयालाई उपचारको लागि सहीद स्मृति समुदाईक अस्पताल चौपता लग्दै गरेको अवस्थामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बलाटारीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top